टिकटकमा भाइरल हँसिली बेहुली यिनै हुन्, रुँदै गरेकी आमालाई यसरी सम्झाईन् ! हेर्नुहोस् (भिडियो सहित)

भिडियो समाज

धनगढीकी बेहुली शान्ती शर्मा मुडवरीले आमालाई सम्झाउँदै गरेको भिडियो निक्कै भाइरल भएको छ । उनले ‘पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु। अचार पनि, धेरै खान्या हुँ। हिजो कम खाँ हुँ नि मैले ! धेरै खान्या हुँ। नरुनु।’ भन्दै शान्तिले बेहुलीलाई माइती बिदा गर्नेक्रममा आमालाई सम्झाउँदै कारबाट भनेकी थिइन ।

‘विचार ग’रेस् है आफ्नो। आफ्नो शरीर स्वस्थ भएपछि मात्र सबै चिज हुन्छ है। ख्याल राख्नु।’ सोही भिडियोमा दुलहीको गाला सुम्सुम्याउँदै आमाले भनेको देख्न सकिन्छ। सारा मल्ल ठकुरीको टिकटक एकाउन्टबाट सार्वजनिक भएको यो भिडियो केही दिनमा नै लाखौँले हेरेका छन् । उक्त भिडियो अहिले युट्युबमा र फेसबुकमा पनि धेरै शेयर भैरहेको छ ।

उनको भिडियो अहिले टिकटकमा निक्कै भाइरल बनि रहेको छ । केहि दिन मै लाखौले हेरी सकेका छन । विबाहको दिन शान्तीले गरेको वाचा कबुल अनुसार उनी फेरी माइतीघर आएर मज्जासँग खाना खाएको अर्को भिडियोमा देख्न सकिन्छ । उनले आमाको हातबाट खिरपुरी र अचार पनि खाएकी छन्।

धनगढी उप–महानगरपालिका–५ हसनपुरकी शान्ति शर्मा मुडभरीको मंसिर २२ गते विवाह भएको थियो। माइतीघरबाट जन्ती बिदाइ गर्ने बेला शान्तिकी साथी सारा मल्ल ठकुरीले उनलाई सरप्राइज दिन जानकारी समेत नदिएर त्यो भिडियो कैद गरेकी थिइन् । नवदुलही शान्ति शर्मा मुडवरीले आफू भाइरल भएपछि मात्र भिडियो खिचिएकोबारे थाहा पाएको बताएकी छन्।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *