डिभोर्स भैसकेकी पुर्वपत्नीले सामाजिक संजालमा अन्टसन्ट बोलेर च’रित्रह त्या गरेको भन्दै मनोज गजुरेलले पहिलो पटक मुख खोले, ”अब मैले अदालतमा बुझाउन आवस्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु”

जानकारी समाज

वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पुन:दोस्रो विवाह गर्ने तयारीमा रहेको खबर पाएकी पुर्वपत्नी मिना ढकालले सामाजिक संजाल तथा विभिन्न मिडिया मार्फत त्यसको वि’रुद्द बोल्दै आएकी छन । गत २०७४ सालमा सम्बन्ध बि’च्छेद गरेपछि मनोज गजुरेल छोरा छोरीसंग बस्दै आएका छन् भने पुर्वपत्नी मिना ढकाल एक्लै बस्दै आएकी छन ।

कानुनि रुपमा सम्बन्ध बि’च्छेद गरेर पनि पुर्वपत्नी मिना ढकालले आफ्नो गा ली बे ईज्जती गर्न नछोडेको भन्दै अब कानुनि रुपमै न्यायका लागि अगाडी बढ्ने मनोज गजुरेलले जनाएका छन् । डिभोर्स पछि पुर्वपत्नी मिना ढकालले सधै आफ्नो र आफ्नो सन्तानको बारेमा अन्टसन्ट बोलेर गा ली बे ईज्जती गर्दै आएपनि आफु चुप बस्दै आएको बताएका छन । तर यस्तो अनावस्यक त’नावको श्रृँखला बढ्दै गएर परिवारलाई सम्म अ’सर पर्न थालेपछी अब भने कानुनि रुपमै अगाडी बढ्ने गजुरेलले बताएका छन । मनोज लेख्छन -‘सकिएकाे सम्बन्धकाे आधारहीन आ’रोप र प्रत्या’राेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो असर गर्न थालेकाे महसुस हुँदैछ। ‘

पुर्वपत्नीको आधारहिन आ’रोपबाट वाक्क भएका मनोजले सहनुको सिमा कटेपछी कानुनी उ’पचारको बाटो अपनाउनुको विकल्प नरहेको बताएका छन । आफु एउटा सार्वजानिक र जिम्मेवार नागरिक भएकाे नाताले अहिलेसम्म मौन रहेको पनि गजुरेलले बताएका छन् । धेरै शुभचिन्तकको आग्रह पछी उनले यस बिषयमा मुख खोल्दै लेखेका छन् :

”प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृया प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गा ली बे ईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिककाे नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ । तर, यो गा ली बे ईज्जती, अ’नावस्यक त’नावको श्रृँखला बढ्दै गएर मेरो परिवारसम्म अ’सर पर्न थाल्यो । त्यसैले केही प्रष्टिकरण दिन बाध्य भएको छु ।

२. सकिएकाे सम्बन्धकाे आधारहीन आ’रोप र प्रत्या’राेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो अ’सर गर्न थालेकाे महसुस हुँदैछ । मेरो च’रित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवस्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेको छु ।

३. अंश सहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अं’श बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार म माथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा बाबु नानीहरुका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाई र जीवनमा आ’घात परिरहेको छ ।

४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुराेध गर्दछु- म र मेरा सन्तानको फोटो, नाम र प्रसङ्ग जाेडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशकाे कानुनलाई मनन गर्नोस् जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।

५. याे पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तककाे धेरै पटककाे आग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद”

Leave a Reply

Your email address will not be published. Required fields are marked *