कृष्ण कँडेल, टिका सानु र सम्पुर्ण इन्द्रेणी टिम ९ दिनपछि एकसाथ मिडियामा वास्तबिकता के हो त ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

चर्चित कार्यक्रम इन्द्रेणीका संचालक तथा गायक कृष्ण कंडेल र गायिका टिका सानु बीच कार्यक्रम कै बीच भएको केहि वि’वादको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । कार्यक्रमको दौरान टिका सानुले इन्द्रेणी कार्यक्रम यहाँ आउन अगाडी नहेरेको बताएकी थिइन । त्यति मात्र हैन टिकाले कलाकारले गर्दा इन्द्रेणी चलेको पनि हैन र इन्द्रेणीले गर्दा कलाकार चलेको पनि हैन भन्दै इन्द्रेणी कै मंचलाई अ’पमान गरेकी थिइन् । त्यसपछि संचालक कृष्ण कंडेलले उनलाई सम्झाएका थिए । जुन भिडियो निक्कै भाइरल बनेको थियो ।

उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेपछि गायिका टिका सानुलाई धेरैले गा’ली गरिरहेका छन । दर्शक श्रोताको गा’लीको वर्षा भएसंगै स्वयम् टिका सानु कृष्ण कंडेललाई लिएर फेसबुक लाइभमा आएकी छन । उनले फेसबुकबाट वि’वादबारे स्पष्ट पार्न खोजेकी छन । त्यस्तै उनले फेसबुकमै एक स्टाटस
लेखेर यस बारे स्पष्टिकरण समेत दिएकी छन ।

टिका सानु लेख्छिन – ” सबैमा नमस्कार। नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै पर्ने भयो। कार्यक्रम इन्द्रेणीसँग प्राय व्यक्तिहरु परिचित हुनुहुनु हुन्छ । यस कार्यक्रमको गरिमा, चर्चा, परिचर्चा, विश्वास र यस कार्यक्रमको अभियानका बारेमा जति प्रशंसा गरे पनि कम हुन्छ। म त्यहि काम गर्छु भन्दा झन् गर्व लाग्छ । पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियोको अंशलाई लिएर जुन चर्चा र मेरो आ’लोचना भइरहेको छ । यसमा मेरो ध्यानाकर्षण भएको छ।

उक्त भिडियोमा मैले बोलेका केही राम्रा कुराहरु थिए । बिडम्बना ति कुराहरु सबै आएको पाएको छैन । जुन कुरा भाइरल भएका छन्, ति कुराहरु प्रचार गर्न लायक छैनन् । तर, त्यो भिडियोमा सोझो रुपमा कार्यक्रमका बारेमा परिचित थिएन भन्दा घमण्ड कसरी हुन्छ ? कुनै पनि संस्था र त्यसमा आवद्ध कर्मचारीहरु एकअर्कामा परिपुरक हुन्छन भन्दा के बिराए ? मैले इन्द्रेणीको कार्यक्रमका क्रममा शहरदेखि गाउँवस्तिका भिरपाखा धाएकी छु । २०औं जोर जुत्ता चप्पल फटाएकी छु । केही पाएकी छु, केही गुमाएकी छु । जुन प्रक्रिया चलिरहने प्रक्रिया पनि हो ।

मलाई आजको दिनसम्म ल्याउनुमा इन्द्रेणी कार्यक्रमले कुनै योगदान दिएको छैन भनेर कही भनेकी छु र ? कलाकार र संस्थाबीचको संम्बन्ध परिपुरक हुन्छ भन्नु ग’लत हो ? खैर इन्द्रेणी कार्यक्रमका सन्चालक आदरणीय दाजु कृष्णप्रसाद कँडेल ज्यु यतिखेर पुर्व इलाममा हुनुहुन्छ । उहाँ काठमाडौँ आउना साथ यो विषयमा थप प्रष्ट पार्नेछौं । साथै अर्को कुरा पूराना भिडियो काटेर पोस्ट गरेर मेरो चरित्र ह’त्या गर्ने, त’नाव दिने, जातिय रंग दलेर गा’लि गर्नेहरुलाई मेरो भन्नु केही छैन । सत्य बुझ्नलाई सचेतना चाहिन्छ । नोट: कृष्ण दाइ र मेरोबीचमा कुनै मतान्तर र मन मुटाव छैन ।”

यसै बीच बि’बादको ९ दिन पछी संचालक तथा गायक कृष्ण कंडेल र गायिका टिका सानु एक साथ इन्द्रेणीको स्टुडियोमा आएका छन । उनीहरुले सामाजिक संजालमा भएको अनर्गल प्रचारको स्पष्टिकरण दिएका छन । थप भिडियोमा हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *