कुन नि’र्दयी सन्तानले वि’रामी आमालाई तिनकुनेको झाडीमा फाले, ३ दिनपछि अरुले उद्दार गरेर अस्पताल लादै गर्दा दुखद नि’धन भयो (फोटो सहित)

जानकारी समाज

काठमाडौ । एउटी वि’रामी आमालाई काठमाडौको तीन कुनेमा अलपत्र अवस्थामा फालेको अवस्थामा फेला पारिएको छ । बिरामी आमालाई फा लेर हिड्ने सन्तान र परिवारको खोजीका लागि यो तस्बिर मानवसेवा आश्रमले सार्वजनिक गरेको हो । अन्तिम अवस्थामा रहेकी एक महिलालाई तीन कुनेवाट उद्दार गरिएको भएपनि अस्पताल लादा लादै उनको मृ’त्यु भएको छ ।

वि’रामी अवस्थामा झाडीमा फा लिएको महिला फेला परेपछि मानव सेवा आश्रमले उद्दार गरेको थियो । मानव सेवा आश्रमले ति आमाको तस्विर सार्बजनिक गर्दै उनको आफन्तलाई खोजी गरिदिन अनुरोध गर्दै यस्तो लेखेको थियो – ”यस्ती आमालाई झाडीमा ल्याएर फ्याल्ने उनको परिवारलाई खोज्न यो पोष्ट सक्दो सेयर गरिदिनुहुन अनुरोध छ ।

यो हद सम्मको “कु” गर्नेलाई सामाजिक ब हिस्कार गरौं । आमाको घरपरिवारलाई कसैले चिन्नुहुन्छ भने ९८५५०७६००४ मा सम्पर्क गरी जानकारी गराउनहुन सादर अनुरोध छ । अ पराधको प राकाष्ट, अ मानवीयताको सीमा नै पार गरी यी आमालाई झाडीमा फ्यालिएछ । उद्धार गरी अस्पताल लादा लादै आमाको मृ’त्यु भयो । आमालाई बचाउन त सकिएन तर आमालाई झाडीमा ल्याएर छाड्ने महामानवलाई देख्ने ईच्छा छ ।

प्यारालाइसिस्को कारण पुरै हर नचल्ने, बोल्न नसक्ने, शारिरीक र मानसिकरुपमा समेत अति कमजोर अन्दाजी ४५ बर्षिय आमालाई तिनकुने चौरमा झाडीमा ल्याई छाडीएछ । रातको ८ बजे छोरालाई सुसु गराउन जाँदा त्यही बाटो भएर हिड्ने सरीता खड्काले देखिन् । राति त उनीपनि डराईन, रातभर मनमा छट्पटी भयो ।

विहान ६ बजे पुग्दा आमाको कपडा पुरै सितले भिजेको थियो, आमाको शरीर हिउ झै बनेको थियो । घिसाद्रै घिसाद्रै माथि डिलमा ल्याएर राखिन, उद्दारको लागि कयौं प्रयत्न गरीन तर कुनै मेलो मेसो पाइनन् । ३ दिनपछि मानवसेवा आश्रमको बारेमा जानकारी पाएपछि सम्पर्क गरिन्, काठमाडौं महानगरपालिकाका प्रतिनिधी र मानवसेवा आश्रमका अभियान्ताहरु र नेपाल प्रहहरीको टोलिले आमालाई उद्धार गरी वीर अस्पताल पुर्यायो ।

तर विडम्बना अस्पतालको गेटमै पुग्दा नपुग्दा आमाले शरीर छाड्नुभयो । सायद आमाले त मुक्ती पाइन् । तर जुन परिवारले आमालाई त्यो झाडीभित्र ल्याएर छाड्यो उ जीन्दगीभर तड्पिरहने छ । मानवसेवा आश्रम निरन्तर खुला आकाशसमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा क’ष्टपुर्ण जीवनयापन गर्न विवश आमा जस्तै सहयोगापेक्षीहरुको उद्धार, उपचार, पालनपोषण र पारिवारीक पुनर्मिलनको कार्यमा समर्पित हुँदै आइरहेको छ ।

तपाईपनि आफुले सक्ने सहयोग यस अभियानलाई पुर्याउन सक्नुहुनेछ । सेवा र सहकार्यको लागि : ९८५५०७६००४, ९८४३३४७६०५, ०६, ०७” उद्दार गर्दाको तस्विरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *