बिहेपछि रमेश प्रसाईं र नन्दा पहिलो पटक मिडियामा, काठमाडौं आएर सिधैं आश्रम पुग्दा भावुक बने ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

चर्चित पप्लिक स्पिकर रमेश प्रसाई नन्दा सिंहसँग विवाह बन्धनमा बाँधिएका छन् । रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् ।पुर्वको रमणीय शहर धरानमा आयोजित बिवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, केही सञ्चारकर्मीहरु र केहि चर्चित व्यक्तित्वहरु पनि सहभाग थिए। उनीहरुको तीन वर्षको प्रेम सम्बन्धलाई सार्थकता दिदै रमेश र नन्दाले आज लगनगाठो कसेका हुन्।

पछिल्लो समय रमेशले गएको ‘रिंकेबुङको राँगो’ को बोलको गीत निक्कै भाइरल बनेको छ। यस अघि उनि एपीवान टेलिभिजनमा प्रसारित कार्यक्रम पब्लिक स्पिकरका विजेता पनि हुन् । त्यस्तै विभिन्न विषयमा सामाजिक संजाल मार्फत आफ्नो खरो धारणा दिदै आएका प्रसाई निक्कै चर्चित छन ।

को हुन् रमेश प्रसाईको दुलही ? ताप्लेजुङ निवासी प्रसाईले कालिकोट डिल्लीकोटकी नन्दा सिंहसँग विहे गर्न लागेका हुन् । उमेरले २४ वर्षमा मात्रै भएकी कालीकोटकी नन्दा सिंह आफैँमा आँखा देख्दिनन् । दृष्टिविहिन उनि आफैलाई सहाराको खाचो भए पनि उनले एक दर्जन बालबालिकालाई सहारा दिदै आएकी छिन् । उनि समाजसेवी महिला समेत हुन् ।

उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी हुन् । बाल्यकालकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था नन्दाले चलाउदै आएकी छन । संस्थाले अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई र अन्य सबै जिम्मेवारी पुरा गर्दै आएको छ । बूढानीलकण्ठ नगरपालिकाको बालुवाखानीको एक घरको छिँडीमा चार कोठा भाडमा लिएर नन्दाले गरेको काम सामान्य मानिसले गर्नेभन्दा ठूलो छ ।

विवाहपछी यी जोडी पहिलो पटक मिडियामा आएका छन् । नन्दाको आश्रममा भेट्दा उनीहरु निक्कै भावुक थिए । भिडियो हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *