Breaking: ओली-प्रचण्ड गुटबीच कु’टाकु’ट…

जानकारी राष्ट्रिय

काठमाडौँ- नेकपाको महेन्द्र नगर जिल्ला पार्टी कार्यालय प्रहरीले नि’यन्त्रणमा लिएको छ। नेकपाका अध्यक्ष केपी ओली पक्ष र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच झ’डप भएपछि पार्टी कार्यालय प्रहरीले नि’यन्त्रणमा लिएको हो।

जिल्ला सचिव तारा लामाले शनिबार सूचना जारी गरी आज मध्यान्ह १२ः३० बजे बिस्तारित बैठक आह्वान गरेपछि वि’वाद झ’डपमा परिणत भएको हो । सचिव लामा दाहाल–नेपाल पक्षका हुन् ।

ओली पक्षले उक्त भेला बिथोल्नको लागि पार्टी कार्यालयमा ताला लगाइदिएका थिए । ओली पक्ष कमजोर रहेको उक्त जिल्लामा दाहाल–नेपाल पक्षले ताला फोड्न लाग्दा झ’डप भएपछि प्रहरी परिचालन भएको थियो । दाहाल नेपाल पक्षले आज पार्टी कार्यालयमै भेला गरेरै छोड्ने बताउँदै आएका छन् ।

यो पनि हेर्नुहोस: नेताहरुले व्यक्तिमाथि दो’ष थुपारेर पार्टीलाई जोखिममा पारेः मुख्यमन्त्री गुरुङ ! नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपालाई यहाँसम्म ल्याउन धेरै नेताको योगदान रहेको बताउँदै देशको अहिलेको अवस्थाले सिङ्गो नेकपा चिन्तित भएको जनाउनुभयो ।

गण्डकी प्रदेश नेकपा इञ्चार्ज गुरुङले नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेको विचार राख्नुभयो ।
यसैबीच आज यहाँ आयोजित प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा दाहाल– नेपाल समूहका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सहञ्चार्ज यशोदा सुवेदीले सडकबाटै प्रतिनिधिसभा विघटनको कदमलाई सच्याउन सङ्घर्ष गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *