भोलिको राशिफल हेर्नुहोस : मिति २०७७ साल पौष २९ गते बुधबार तदनानुसार ईश्वी सन् २०२१ जनवरी १३ तारिख

जानकारी धर्मदर्शन राशिफल

भोलि मिति २०७७ साल पौष २९ गते बुधबार तदनानुसार ईश्वी सन् २०२१ जनवरी १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–औशी,०८ घडी ४१ पला,बिहान १० बजेर २६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तराषाढा,५८ घडी ०९ पला । योग–हर्षण,४५ घडी ४६ पला,रातको ०१ बजेर १६ मिनेट उप्रान्त बज्र । करण–नाग,बिहान १० बजेर २६ मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी ०९ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–धनु,मध्यान्ह १२ बजेर ३१ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट । दिनमान २६ घडी १४ पला । स्नानदानका लागि औशी, गयामौनी र पौषी औँशी, वेत्रावति, विष्णुपादुका, वराहक्षेत्र, गोकर्ण हलोबार्ने ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना लेनदेनका मुद्दाहरु किनार लगाउँदै नयाँ काम गर्न सकिनेछ । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले परिणाममुखि काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फन आम्दानिका स्रोत बढाउँन सकिनेछ । बिहानको समयमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) तपाईको सिर्जना तथा लेखरचनाहरु अरुले प्रयोग गरि फाईदा लिन सक्छन् ध्यान दिनुहोला । बौद्धिक कार्यमा सहभागि भएपनि न्यून पारिश्रमिक पाउदा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानि गर्न सकिनेछ भने शिक्षा क्षेत्रमो लगानिबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । प्रणय सम्बन्धमा चिसोपनको शुरुवात हुनेछ भने भौतिक सम्पतिको प्रयोग गर्न नजान्दा प्रविधिमा अरुभन्दा पछि परिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ्ना लेख रचना तथा बिचारहरुलाई सामाजिक सञ्जाल तथा मिडिया मार्फत जनमासमा लैजान सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गरि दिनलाई रंगिन बनाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिको सहयोग पाईने तथा उनिहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । बिहानको समयमा माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । बिहानको समयमा यात्रासँग सम्बन्धीत कामहरु हुनेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । तपाईको दिन शुभ रहोस् । ज्योतिषी तारानाथ भण्डारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *