अब ड्राइभिङ लाइसेन्सको ट्रायलमा ६० अंक ल्याए पास, पहिले जस्तो पुरै ट्रायल पास हुनु नपर्ने…..

जानकारी राष्ट्रिय

सवारी चालक अनुमतिपत्रको ट्रायलमा सरकारले सहजता ल्याउने गरि परीक्षाको निर्देशिका परिवर्तन गर्ने तयारी गरेको छ । यस अघि ट्रायलमा शतप्रतिशत पास भए मात्र सवारी चालक अनुमतिपत्र पाइन्थ्यो ।

तर अब यसलाई परिमार्जन गर्दै ट्रायलको पनि १०० पूर्णाङ्कमा कम्तिमा ६० अंक ल्याउनेलाई पनि सवारी चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ ।

अब ट्रायलमा गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ । जस्तै फिगर-8 टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्‍याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक-फरक अंकभर दिएर परीक्षा लिइनेछ ।

यस्तो व्यवस्थापछि ट्रायल पास गर्न नसक्ने भन्दै आत्मविश्वास गुमाएका चालकहरु पनि अ’वैध बाटोबाट लाइसेन्स निकाल्न नजाने सरकारी दावी छ । कोरोना महामारी संगै हजारौ सेवाग्राहीहरु सवारी चालन अनुमति पत्र लिने पर्खाईमा रहेको बेला यो निर्देशिकाले धेरैलाई राहत मिल्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *