प्रधानमन्त्री ओली आज

Uncategorized

प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) पोखरा जाँदैछन्।त्यसका लागि प्रधानमन्त्री ओली बिहान ११ बजे त्यहाँ (पोखरा) पुग्ने कार्यक्रम छ।पोखरा ओर्लनेबित्तिकै प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश सरकारले नदीपुरमा बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ।त्यसपछि दिउँसो १ बजे पोखरा सभागृह आयोजना हुने प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्।

भेलामा ११ जिल्लाका गाउँ तहदेखि केन्द्रीय सदस्यसम्मलाई सहभागी गराउने ओली समूहले जनाएको छ।कार्यकर्ता भेलापछि प्रधानमन्त्री ओली पोखरा रंगशाला निरीक्षण गर्न जाने कार्यक्रम छ।

ओली आजै काठमाडौं फर्किने कार्यक्रम छ।यसअघि ओली समूहले गण्डकीमै गर्न लागेको सभा सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि स्थगन गरिएको थियो।६ वर्षअघि श्रीपञ्चमीको दिन सम्झँदै गर्दा आइतबार मनोज श्रेष्ठका आँखा टिलपिलाए। नगर विकास प्राधिकरणको डोजरले बालाजु बाइपासमा रहेको उनको घरलाई तहसनहस पारेको थियो त्यस दिन।परिवारसहित उनले रोक्न भरमग्दुर प्रयास गरेका थिए।

तर तत्कालीन बालाजु वृत्तका डीएसपीले कठालो समात्दै उनीहरुलाई घरबाहिर निकाले र डोजर लगाएर उनीहरुकै आँखाअघि साढे तीन तल्ले घर धुलोमाटोमा परिणत गरियो।

‘श्रीपञ्चमीको दिन बिनासूचना आए। माथिको आदेश भन्दै घरमा डोजर चलाए,’ मनोजले आइतबार दिउँसो अवरुद्ध आवाजमा भने, ‘त्यसबेला बालाजु वृत्तमा सञ्जीव शर्मा भन्ने डीएसपी थिए। उनले हामीलाई हाम्रै घरबाट कठालो समातेर निकाले र हाम्रो घरमा डोजर चलाइयो।’

काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित बालाजु बाइपास क्षेत्रका सडक विस्तार गरेर पासाङ ल्हामु राजमार्ग बनाउने योजनाअनुरुप सरकारले त्यो क्षेत्रका स्थानीयको जग्गा अधिग्रहण गरेको थियो।स्थानीयसँग सडकको मध्यभागबाट दुवैतर्फ ७–७ मिटर छुटट्याउने सहमति भएको थियो। सहमतिअनुसार स्थानीयले आ–आफ्नो क्षेत्रमा पर्ने जग्गासमेत छाडेका थिए। त्यसअनुरुप सरकारले मुआब्जा समेत दियो।

त्यसबेला मनोजको परिवारले मापदण्डअनुरुप डेढ मिटर जग्गा छाडेका थियो। त्यसबापत उनीहरुले तीन लाख क्षतिपूर्ति समेत पाएका थिए।सहमतिअनुरुप मनोजको परिवारले डेढ मिटरमा पर्ने घर संरचनाको २० प्रतिशत भत्काए। बाँकी रहेको ८० प्रतिशतमा घर पुर्नर्निमाण सुरु गरे।तर निर्माण सकिनै लाग्दा उनको घरमा पुनः एक्कासी डोजर चलाइयो।

घर नै ध्वस्त पारियो। त्यस दिन उनीहरुलाई घरबाट कठालो समात्दै निकालिएको स्मरण गर्दै उनी आइतबार भावुक बने।यसरी घरबारविहीन हुनेगरी किन डोजर चलाइयो भन्ने प्रश्नको स्पष्ट जवाफ उनले आजसम्म कसैबाट पाएका छैनन। उनीहरु त्यसविरुद्ध एकातिर कानुनी लडाइँमा छन् भने अर्कोतिर निरन्तर सडकमा पनि संघर्ष गरिरहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *