बार्यन बराबरीमा रोकियो

गृहपृष्ठ

काठमाडौं। बुण्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिख अर्मिनिअ बिएलेफेल्डसँग ३-३ को बराबरीमा रोकिएको छ ।फिफा क्लब विश्वकपको उपाधि जितेपछि पहिलो खेल खेलिरहेको बार्यनले ६ गोल भएको खेलमा अंक बाँडेको हो । यस बराबरीपछि बार्यनको लगातार पाँच खेलको जित यात्रा पनि रोकिएको छ।घरेलु मैदानमा भएको खेलमा बार्यन पहिलो हाफमा दुई गोलले पछि परेको थियो । खेलको नवौं मिनेटमा माइकल भ्लाप र ३७औं मिनेटमा अमोस पाइपरले गोल गरेपछि बिएलेफेल्डले पहिलो हाफमा २-० को अग्रता बनायो ।

रोवर्टो लेवान्डोस्कीले ४८औं मिनेटमा बार्यनका लागि गोल फर्काउँदै गोलअन्तर घटाए तर ४९औं मिनेटमा क्रिस्टियन जेबाउरले गोल गर्दै बिएलेफेल्डलाई ३-१ को अग्रता दिलाए।दुई गोले पछि परेको अवस्थामा कोरेन्टिन टोलिसोले ५७औं र अल्फोन्सो डेभिसले ७०औं मिनेटमा गोल गरेपछि बार्यनले खेल बराबरी गरेको हो ।बराबरीपछि शीर्ष स्थानमै कायम बार्यनले २१ खेलबाट ४९ अंक जोडेको छ र दोस्रो स्थानको लाइपजिगसँग ५ अंकको अग्रता बनाएको छ । समान खेलबा६ लाइपजिगको ४४ अंक छ।बिएलेफेल्ड १८ अंकसहित १६औं स्थानमा छ ।

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिख अर्मिनिया बिलेफेल्डसँग बराबरीमा रोकिएको छ । गएराति बायर्नको मैदानमा भएको खेलमा दुबै टिमले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडे ।खेलमा दबदबा राखेको बायर्नले पहिलो हाफमा २ गोल खान पुगेको थियो । अर्मिनियाका मिसेल भ्लापले ९ तथा अमोस पिपेरले ३७ मिनेटमा गोल गरे । ४८ औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्कीले गोल गरे ।

४९ औं मिनेटमा अर्मिनियाका क्रिस्टियन गेबौएरले गोल गर्दा अर्मिनिया ३-१ गोलले अघि रह्यो । यस्तै ५७ औं मिनेटमा कोरेन्टिन टोलिसोले तथा ६९ औं मिनेटमा अल्फोन्सो डेभिसले गोल गरेपछि बायर्नले खेलमा बराबरी गर्यो ।तालिकाको शीर्षस्थानमा रहेको बायर्नको २१ खेलबाट ४९ अंक छ । यस्तै पराजित अर्मिनिया २० खेलबाट १८ अंकसहित तालिकाको १६ औं स्थानमा छ ।एजेन्सी – एथलेटिको बिल्वाओले स्पेनिस ला लिगामा क्याडिजलाई उसकै मैदानमा ४–० ले पराजित गरेको छ ।बिल्वाओको फराकिलो जितमा एलेक्स बेरेनगुएरले दुई तथा युनाई लोपेज र इनाकी विलियम्सले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

क्याडिजमा सोमबार राति भएको खेलको चौथो मिनेटमा नै बिल्वाओले एलेक्स बेरेनगुएरको गोलबाट अग्रता लिएको थियो । १५औं मिनेटमा युनाई लोपेजले गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारे ।२९औं मिनेटमा एलेक्सले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बिल्वाओलाई पहिलो हाफमा ३–० ले अघि बढाए । ५२औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्वाओलाई ४–० को सानदार जित दिलाए ।यो जितसँगै बिल्वाओ २२ खेलबाट २८ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित क्याडिज २४ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबिरुद्धको खेलमा लाभ हासिल गर्न बार्सिलोनाका समर्थकहरुले हर सम्भव उपाय अपनाइरहेका छन् । च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलअघि बार्सिलोनाले पीएसजीका खेलाडीहरु बसेको होटलअगाडि पटाका पड्काएका हुन् ।

मंगलबारदेखि शुरु हुने अन्तिम १६ को खेलमा बार्सिलोनाले फ्रेन्च च्याम्पियनको सामना गर्दैछ । सबैभन्दा रोचक मानिएको यो भिडन्तमा बार्सिलोनाका समर्थकहरुले माउरिसियो पोचेटिन्होको टोलीलाई असहज बनाउने प्रयास गरिरहेका छन् ।

पाहुना टोलीका खेलाडीहरुको निद्रा भंग गर्ने आशासहित उनीहरुले पटाका पड्काएका थिए । एल चिरिन्गुइटोले प्रकाशित गरेको भिडियोमा समर्थकहरुले ठूलो आवाज गर्ने पटाकाहरु पड्काइएको देखिएको छ ।सन् २०१७ मा पहिलो लेगमा ब्यहोरेको ४–० को हार उल्टाउँदै बार्सिलोनाले दोस्रो लेगमा ६–१ को जीत हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *