गोंगबुमा आफ्नै श्रीमानको टु’क्रा टु’क्रा गरि ह’त्या गर्ने कल्पना मुडभारीलाई आजीवन का’रावासको स’जाय….

जानकारी समाज

आफ्नै श्रीमानको वि.भत्स ह.त्या गर्ने महिलालाई जिल्ला अदालत काठमाडौंले आ’जीवन का’राबासको स’जाय सुनाएको छ । गत साउन महिनामा काठमाडौँको गोंगबु स्थित डेरा गरि बस्ने कल्पना मुडभारीले आफ्नै श्रीमान कृष्णबहादुर बोहराको ह’त्या गरी सुटकेशमा राखेर फ्याकेकी थिइन ।

कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबु स्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको ह.त्या गरी टाउको, खुट्टा का.टेर सुटकेसमा राखी फ्याकेकी थिइन्। सुटकेस फ्याक्न सहयोग गरेको भनिएकी छोरीलाई अदालतले सफाइ दिएको छ । फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन का’राबासको सजाय सुनाए ।

यो पनि हेर्नुहोस्ः नेकपा एकता अभियानका पक्षमा गैँडाकोटमा कमिटी ! नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि अर्को एक समूहले मध्यमार्गी बाटो अपनाउँदै राष्ट्रिय एकतामा जोड दिएको छ । मङ्गलबार गैँडाकोटमा भेला हुनुभएका अभियानका केन्द्रीय सदस्य यदु सिग्देललगायत नेकपाका नेताहरुले कम्युनिष्ट पार्टी एक हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा मध्यमार्गी वामदेव गौतम समूहका पक्षमा गैँडाकोटमा १७ सदस्यीय नगरस्तरीय कमिटी गठन गरिएको छ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजकमा बाबुराम खनाल र सचिवमा नेत्रप्रसाद अधिकारीलाई चयन गरिएको हो ।

झलककाजी पौडेलका अध्यक्षतामा भएको कार्यक्रममा नेकपा राष्ट्रिय एकता अभियान केन्द्रीय कार्यसम्पादन कमिटी सदस्य एवं नवलपुर जिल्ला इञ्चार्ज दुर्गा भण्डारीले पार्टी विखण्डन आफूहरुलाई स्वीकार्य नहुने जनाउँदै सबै कम्युनिष्टबीच एकता हुनुपर्ने बताउनुभयो । एकता पक्षको जिल्ला कमिटी आज गठन गरिने जनाइएको छ । यसअघि जिल्लाका कावासोती र मध्यविन्दु नगरपालिकामा समेत अभियानअन्तर्गत एकता अभियानको कमिटी गठन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *