आजको राशिफल हेर्नुहोस: मिति २०७७ साल फाल्गुन २३ गते आईतबार तदनानुसार ईश्वी सन् २०२१ मार्च ०७ तारिख

जानकारी धर्मदर्शन राशिफल

आज मिति २०७७ साल फाल्गुन २३ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–नवमी,३२ घडी ३९ पला, बेलुकी ०७ बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल,४२ घडी ५० पला,बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त पूर्वाषाढा । योग– सिद्धि,३० घडी २१ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी १६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यावसायमा सदाभन्दा आम्दानि बढिनै हुनेछ भने माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)ाागलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *