आज मंगलबार घट्यो सुनको भाउ ! हेर्नुहोस् तोलाको कति पुग्यो….

अर्थबजार जानकारी

काठमाण्डौ – मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८५ हजार १५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलाको ८६ हजार २ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८५ हजार ७५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएको थियो ।

यो पनि हेर्नुहोस्: ‘बरू पद छाडिन्छ, केपी ओली छाडिन्न’ भन्दै माओवादी केन्द्रको बैठकमा गएनन् यी नेता ! नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ ।

सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएसँगै एकीकरण पूर्वकै अवस्थामा पुगेपछि नेकपा माओवादी केन्द्रको यो पहिलो स्थायी समिति बैठक हो । बैठकमा अबका रणनीतिबारे छलफल हुने बताइएको छ । यस्तै, आजै पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रको बोर्ड समेत राखिने भएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध मिसन चलाइरहेका माधवकुमार नेपालसहितका पूर्व एमाले नेताहरु सर्वाेच्च अदालतको फैसला मानेको भन्दै ओलीलाई नै अध्यक्ष मानेर एमालेमै फर्किएका छन् ।

नेपाल समूहले सर्वाेच्चले नेकपालाई खारेज गरी एमाले र माओवादी केन्द्र ब्यूताएसँगै आफ्नो सांसद पद जाला भनेर पूर्ववत पार्टीमा फर्कने निर्णय गरे । तर पाँच नेता यस्ता देखिए, जो पद होइन, नीति र नेतृत्वप्रतिको बिश्वासमा रहे ।

गृहमन्त्री रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहलगायतका नेताहरुले जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म कठिन समयमा केपी ओलीको समर्थनमा उभिने निर्णय गरेका छन् । ‘बरु पद छाडिन्छ, केपी ओली छाडिन्न,’ पाँचै नेताहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *