लगातार घटेको सुनचाँदीको भाउ आज फेरि बढ्याे ! प्रति तोला कति पुग्यो हेर्नुहोस्…..

अर्थबजार जानकारी

सुनचाँदीको मूल्यमा दैनिक रुपमा देखिएको उतारचढाव कायम छ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा रु ८५ हजार ६०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८६ हजार २०० मूल्य निर्धारण भएको छ ।

फागुन २६ गते, बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघले जनाए अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको थियो । सोमबार भने सुन आजकै मूल्यमा किनबेच भएको थियो ।

बुधबार चाँदीको भाउ पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार हुँदैछ । मंगलबार भने चाँदीको भाउ प्रतितोला १० रुपैयाँले ओरालो लागेर एक हजार २५५ रुपैयाँ तोकिएको महासंघको तथ्यांकले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *