नेपाली ट्याक्सी चालक शुभाकरलाई दु.र्व्यवहार गर्ने अमेरिकी युवती पक्राउ, दु.र्व्यवहार पछी काम छोडेका शुभाकरलाई विश्वभरबाट आयो एक करोड रुपैया सहयोग

अन्तर्राष्ट्रिय जानकारी

अमेरिकामा ट्याक्सी (उबर) चलाउने नेपाली युवा शुभाकर खड्कालाई दु.र्व्यवहार गर्ने युवती प’क्राउ परेकी छन । पक्राउ पर्नेमा २४ वर्षीया मलेसिया किंग रहेकी छन ।

गत आइतबार अमेरिकाको सान फ्रान्सिस्कोमा मलेसिया किंगसहित अन्य दुई युवतीले खड्कामाथि दु.र्व्यवहार गरेका थिए । किंग प’क्राउ परेपनि अन्य दुई युवतीको पनि प्रहरीले खोजी गरिरहेको अन्तराष्ट्रिय समचार एजेन्सीले जानेको छ । किङलाई त्यहाँको समय अनुसार बिहीबार दिउँसो गि’रफ्तार गरिएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

तिन मध्य एक युवती मास्क नलगाई उबरमा पसेपछि उबरको नियम अनुसार मास्क लगाउन खड्काले अनुरोध गर्दा ति युवतीहरु उनि माथि खनिएका थिए। मास्क किन्न उनले एउटा ग्यास स्टेशनमा गाडी रोके पनि युवतीले मास्क नकिनेर उल्टै खड्का माथि दु.र्व्यवहार गरेका थिए । मास्क लगाउदीन भन्दै उल्टै खड्काको मास्क चुड़ाईदिने र फोन समेत खोस्ने क्रियाकलाप गरेको भिडियो रेकर्ड सार्बजनिक भएसंगै भाइरल भएको थियो ।

ति युवतीहरुले यस्तो दु.र्व्यवहार गरेपछि अन्तत खड्काले उनीहरूलाई गाडीबाट निकालिदिएका थिए। तर गाडीबाट निस्कने बेलामा ती युवातिहरुले खुर्सानीको धुलो छर्केका थिए । आफूमाथि भएको यस्तो अमानवीय क्रियाकलाप पछी खड्काले काम छोडेर बसेका छन । काम छोडेपछि उनलाई गोफन्डमी डट ‌ओआरजी मार्फत् खड्काका लागि सहयोग उठाउन थालिएको छ ।

खड्का अहिले पनि तनाव डरमा रहेकाले उनी काममा फर्किन नसक्ने भएकाले सहयोग गर्न आग्रह गरिएको छ । सुरुमा उनका लागि २० हजार अमेरिकी डलर उठाउने अभियान चलाइए पनि विश्वभरबाट सोचेको भन्दा धेरै गुणा सहयोगको ओइरो आएको छ । शुक्रबार सम्म ६६ हजार डलरभन्दा बढी रकम उठिसकेको छ। र यो रकम बढ्ने क्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *