आज पनि सुनको मूल्य स्थिर ! चाँदी भाउ भने निरन्तर वृद्धि, हेर्नुहोस् कति पुग्यो तोलाको ???

अर्थबजार जानकारी

नेपाली बजारमा सुनको मूल्य लगातार आज दोश्रो दिन पनि स्थिर रहेको छ । आज चैत ३ गते मंगलबार सुन आइतबारकै मूल्यमा कारोबार भइ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

यस साताको पहिलो कारोबार दिनदेखि सुन यसै मूल्यमा किनबेच भइरहेको हो । सुनको भाउ स्थिर रहेता पनि चाँदीको भाउ भने निरन्तर वृद्धि भइरहेको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार हुँदैछ । सोमबार पनि चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २७५ रुपैयाँ तोकिएको थियो ।

मंगलबार अन्तरराष्ट्रिय बजारमा भने सुनचाँदीको भाउमा बढोत्तरी भएको छ । यस दिन सुन प्रति अउन्स चार डलरभन्दा बढिले बढेर प्रति अउन्स एक हजार ७३६ डलर बराबरमा खरिदबिक्री हुँदैछ । चाँदी पनि सामान्य रुपमा उकालो लागेर प्रति अउन्स २६ डलर भन्दा धेरैमा किनबेच भइरहेको छ ।

यो पनि हेर्नुहोस्ः चैतेधान धमाधम रोपाइँ हुँदै ! जिल्लामा चैतेधान रोप्न कृषक व्यस्त छन् । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन् ।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिन्छ । उक्त क्षेत्रफलमा गत वर्ष ३९ हजार मेट्रिक टन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलका अनुसार जिल्लामा १५ प्रतिशत चैतेधानको रोपाइँ सकिएको छ । विशेषगरी यो समयमा हर्दिनाथ–१, पिआर, चैते–५ लगायतका धान लगाइने गरिन्छ ।

फागुनको अन्तिम साताबाट चैतको तेस्रो सातासम्म चैतेधान रोपाइँ हुने उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष धानमा घाँटी मोरुवा रोगको समस्या देखिएपछि अहिले कृषकले धानको बीउ परिवर्तन गरेको कार्यालयका प्रमुख मेघनाथ तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष हर्दिनाथ–१ मा घाँटी मरुवा रोग देखियो, यस वर्ष कृषकले चैते–५ धानको बीउ बढी प्रयोग गरेका छन् ।”

धान रोपाइँमा कृषकले आधुनिक मेसिनको प्रयोग गरेको कार्यालयले जनाएको छ । उहाँका अनुसार अहिले पूर्वी चितवनका दुईवटा सहकारीमा आबद्ध कृषकले मेसिनबाट धान रोपाइँ गरेका छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड खैरहनी कुमरोज र साना किसान कृषि सकहकारी संस्था बछौलीले मेसिनबाट धान रोपाइँ गरेका हुन् । मेसिनले १० बिघा क्षेत्रफलमा धान रोपाइँ गरिने उहाँले जानकारी दिनुभयो । चैतमा लगाइएको धान जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म कृषकले थन्क्याइसक्छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका संयोजक तेजप्रसाद बर्तौलाले अहिले नहरमा पर्याप्त पानी नहुँदा धान रोपाइँमा समस्या भएको बताउनुभयो । परियोजनाले बछौलीमा १९, कुमरोजमा २८ र कठारमा तीनवटा मोटर अनुदानमा दिएको उहाँले जानकारी दिनुभयो । पचास प्रतिशत अनुदानमा आएका मोटरको सहायताले धान रोप्ने काम भइरहेको उहाँको भनाइ छ ।

धान रोप्नका लागि खेताला नपाउने समयमा मेसिनको प्रयोग प्रभावकारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बीउ राख्नका लागि केही झन्झट भए पनि रोपाइँका लागि मेसिनले सहयोग गर्नेरहेछ ।”रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *