बि.सं. २०७८ साल कस्तो रहला ? हे’र्नुहोस् बार्षिक राशिफल (भिडियो सहित)…..

जानकारी धर्मदर्शन भिडियो राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि भएका व्याक्तिहरुका लागी समग्रमा वर्ष २०७८ शुभ रहनेछ । वर्षभरिनै लाभ भाव र राज्यभावमा गोचर गर्ने बृहस्पतिको अनुकुल प्रभावले विशेष गरि स्कुल,कलेज,कन्सल्टेन्सि,पर्यटन,होटल व्यावसाय,शेयर बजार र बैक तथा वित्तिय जस्ता क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ भने व्यापार व्यावसायकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने माया प्रेम गर्ने जोडिहरुले आफ्नो प्रेम सम्वन्ध विवाहमा परिणत हुनेछ । प्राय वर्ष भरिनै बृहस्पतीको दृष्टि सन्तान भावमा पर्ने हुनाले बंश बृद्धिको गतिलो योग रहेकोछ ।

वर्ष भरिनै राज्य भावमा शनि स्वगृह भएर शश नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले सरकारी नोकरीमा प्रवेश,पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने लामो समय देखिको विवाद अन्य हुनेछ । समाजमा बिशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ट सम्वन्ध बनाई राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ ।

कर्मभावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले कम्प्युटर पाट्स,इलेक्ट्रीक सामान,घर जग्गा,र्ईन्जिन,हार्डवयेर,फेक्ट्री तथा उत्पादन मुखी व्यावसाय विगत भन्दा फस्टाएर जानेछ । त्यस्तै सबैखाले पेशा व्यावसायमा विशेष गरि निर्माण सामग्री,औषधी र गाडी वा ईन्जीन सम्बन्धी सामानको व्यापार व्यावसाय गर्नेहरुका लागी शनिले साथ दिनेछ ।

बिद्यार्थीहरुमा तार्किक क्षमतामा बृद्धि हुनेछ भने अध्ययनमा एक कदम अगाडी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । कानुन विषय लिई अध्ययन गर्ने बिद्यार्थीहरुका लागि न्याय क्षेत्रमा प्रबेश गर्नको लागी समय उत्तम रहनेछ । टेक्नीकल विषय जस्तै मेकानिकल ईन्जिनियर,फार्मेसी,डाक्टर,पाईलट र भुगोल सम्बन्धी अध्ययन गर्ने बिद्यार्थीका लागी समयले साथ दिनेछ । अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय हुनेछ भने विदेशमा बसेर अध्यययन गर्ने अवसर प्राप्त हुनेछ । लेखन कला शाहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी यो वर्ष उत्तम रहनेछ ।

वर्षभरिनै धनस्थानमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुले भौतिक सम्पतीको प्रयोग गर्दा दुर्घटना नहोला भन्न सकिन्न । धन सम्पती फस्ने तथा कुटुम्वसँगको सम्वन्धमा दरार पैदा हुनेछ । आर्थिक दृष्टिले असार,असोज,माघ तथा फाल्गुन महिना मेष राशि हुनेहरुका लागी शुभ रहनेछ । मेष राशि भएका व्याक्तिहरुले प्रत्यक मंगलाबार गणेष भगवानको पुजा तथा आराधना गरि गणेष भगवानलाई खुसी बनाउन सके कामहरु समयमा सम्पन्न हुनेछ । राहु केतुको प्रभाव नकारात्मक रहने हुनाले बटुक भैरभको पुजा तथा दर्शन गर्ने र आफ्नो ईष्टदेवको पूजा गर्नाले थप लाभ मिल्नेछ ।

बाकी यहाँबाट भिडियोमा हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *