आज सोमबार फेरि सुनचाँदीको भाउ घट्यो ! हेर्नुहोस् ताेलाकाे कति पुग्यो…..

अर्थबजार जानकारी

साताको पहिलो दिन हिजो आईतबार बढेको सुनको भाउ आज सोमबार ओरालो लागेको छ । चैत ९ गते, सोमबार सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ८७ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको प्रतितोला ८७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि सामान्य गिरावट भएको छ । यस दिन तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढोत्तरी भएर एक हजार २८० रुपैयाँ तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *