यी कोभिड डाक्टरले खोले नेपालमा पुनः लकडाउन हुन सक्ने सम्भावना

जानकारी राष्ट्रिय

काठमाडौं – नेपालसँग जोडिएका उत्तर प्रदेश, बिहार र पञ्चिम बंगालमा पनि कोरोना संक्रमण बढ्न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन अनुरोध गरेको छ।

स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा छिमेकी देशहरूमा संक्रमितको संख्या बढ्दै गएकाले भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन, साबुन–पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा विगतमा जस्तै कोभिड–१९ बाट जोगिन सम्पूर्ण सतर्कता अपनाउन आवश्यक रहेको जनाएको छ। कोभिड डाक्टर अनुप बास्तोलाले नेपालमा पनि कोरोना संक्रमणको नयाँ अध्याय हुने सम्भावना देखाएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो तथ्य खोलेका हुन् । नेपालमा कोरोनालाई हेलचेक्र्याइँ गर्न थालिएको उनको अनुभव छ ।

डा.बास्तोलाले लेखेका छन्– मन्त्रालयले विज्ञप्ति नै जारी गरी देशभर भीडभाड हुने कुनै गतिविधि नगर्न भन्दै सामाजिकरभौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग र साबुन पानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न अनुरोध गरेको हो । झट्ट सुन्दा हेर्दा धेरैलाई यो फेरि बन्देज किन लगाउनुपर्ने भन्ने लाग्दो हो ।

अहिले कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्था गर्दै हामी जसरी फुक्काफाल हिँडिरहेका छौं र जोखिम कम हुँदै गएको महसुस गरेका छौं, यस्तो बेला फेरि किन सावधानी अपनाउनु भन्ने लाग्नु स्वभाविक हो । तर, यसको कारण छ । पछिल्लो समय युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय शुरु भएको छ भन्दा फरक पर्दैन । त्यस्तै असर नेपालमा पनि पर्न सक्छ । किनकि, हालै मेरो जानकारीमा आएको एउटा घटनाले झस्काएको छ ।

गत फागुन ७ गते एउटा होटलमा ५० जना जतिको जमघट भयो । हलमा हावा आउने(जाने ठाउँ थिएन । हलमा भित्रिने र बाहिरिने एउटै ढोका मात्र थियो । जमघट र खानपिन साँझ ६ बजेदेखि राति ११ बजेसम्म ९५ घण्टाजति० चल्यो । त्यसको एक सातापछि त्यही भेटघाटमा पुग्नु भएका एक व्यक्ति ज्वरो, खोकी र सास फेर्न समस्या भएपछि टेकू अस्पतालमा भर्ना हुनुभयो ।

उहाँमा कोरोना भाइरस पोजिटिभ देखिनुका साथै निमोनिया भइसकेको थियो । पाँच दिनको उपचारपछि उहाँ निको भएर घर फर्किनु भयो । तर, अत्याउने किसिमको तथ्यांक त यो आयो कि, त्यो जमघटमा पुगेपछि पीसीआर गरेका ४० मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखियो, जसमध्ये ७ जना अस्पताल भर्ना हुनुभयो ।

त्यो जमघटमा पुग्नु भएका मेरै एकजना आफन्त पनि निमोनिया देखिएपछि टेकू अस्पतालमै ४ दिन उपचार गराएपछि निको हुनु भयो । उहाँलाई एक दिन मात्र ९९ डिग्री फरेनहाइड ज्वरो आयो, खोकी पटक्कै थिएन तर १२ दिनपछि निमोनिया देखियो । ५ घण्टा एउटा जमघटमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा होइन ।

यसले कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ कि भन्ने आशंका बढाएको छ । यो भाइरस कति संक्रामक किसिमको होला भनेर चिन्ता लिन जरुरी छ । त्यसैले तपाईंहरु मनन गर्नोस्, मापदण्डको पालना कत्तिको आवश्यक हो । कृपया भोजभतेर, भीडभाड सकेसम्म नगरौं । मापदण्ड पालना गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *