आज दोस्रो दिन पनि सुनचाँदीको भाउ घट्यो ! हेर्नुहोस् प्रति तोला कति छ मूल्य….

अर्थबजार जानकारी

बजारमा सुनचाँदीको भाउ लगातार आज दोश्रो दिन पनि गिरावट आएको छ । आज चैत १० गते, मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेर प्रतितोला ८७ हजार रुपैयाँ तोकिएको थियो ।

आज मंगलबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । हिंजो सोमबार पनि चाँदीको मूल्य २० रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार २६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो पनि हेर्नुहोस्ः माग बढे पनि मह उत्पादन घट्दै ! जयपृथ्वी नगरपालिका–५ का धनबहादुर बुढाथापा बाजेको पालादेखिनै मौरीपालन व्यवसायमा लागिरहेका छन् । सानै छँदाको उहाँलाई अहिले पनि सम्झना छ । बाजेको पालामा आफ्नो घरमा २५ घार मौरीको बताउने उहाँ अहिले पाँच घार मात्रै रहेको बताउँछन् ।

लामो समयदेखि मौरीपालन व्यवसायमा रहेका धनबहादुरले आफ्नो धन भनेकै मौरी भएको बताउनुभयो । तर पछिल्लो समयमा मौरीको घार पनि कम हुँदै गएको र भएका मौरी पनि मर्न थालेपछि उहाँ चिन्तित हुनुभएको छ । उहाँले भन्नुभयो, “मौरी के कारणले मरे भन्नेबारे त्यति जानकार नभए पनि भएका घारमा पनि मह निकाल्दा मह पनि हँुदैन । चैत, वैशाख मौरीको मह उत्पादनका लागि उत्तम समय भए पनि मह निकाल्दा मह नभएका रित्ता पोतलाहरु मात्र लागेका हुन्छन् ।”

उहाँका अनुसार धेरै वर्षअगाडि मौरीलाई चर्नका लागि जङ्गल हुन्थ्यो । मान्छेहरु खेतबारीमा तोरी प्रशस्त गर्थे । चिउरीको बोटहरु हुन्थे । अहिले गाउँघरमा केही छैन । वनमा फुल्ने लालीगुराँससमेत पानी नपरेकाले नफुलेरै सुकेका छन् । वन विनाश, अतिक्रमण, जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मह उत्पादन बर्सेनि घटिरहेको उहाँको दाबी छ ।

मौरीका लागि चिउरीको फूल उत्तम आहारा मानिन्छ । मौरीलाई चरन क्षेत्रको अभाव भएपछि उत्पादनमा गिरावट आएको धनबहादुरको भनाइ छ । “यहाँका मौरीका लागि चिउरीको फूलको विकल्प छैन”, उहाँले भन्नुभयो, “चिउरी नफुल्दै झुसिलकिराले नष्ट पारेपछि चरन क्षेत्रको अभाव भयो ।” त्यसैले यस वर्ष उत्पादन घटेको उहाँको भनाइ छ ।

धेरै वर्षदेखि मौरीपालनमा लागेका जयपृथ्वी नगरपालिका–२ घर भएका जनक खड्काले समेत विगत केही वर्षभन्दा अहिले मह उत्पादनमा ह्रास आएको बताउनुभयो । मह उत्पादन नहुँदा बाहिरी जिल्लाबाट यहाँ मह बेच्ने आउनेहरु बढ्न थालेका छन् । दाङ जिल्ला घर भएका लालबहादुर चौधरीलगायत टोली मह बोकेर जिल्लाका विभिन्न ठाउँमा बिक्रीका लागि पुग्ने गरेका छन् । हाल जिल्लामा मह प्रतिकिलो रु ५०० मा बिक्री भइरहेको छ ।

कृषिज्ञान केन्द्र बझाङका अनुसार जिल्लामा हाल मौरी व्यवसायीको सङ्ख्या ४३ जना रहेका छन् । जिल्लामा वार्षिक दुई हजार ५०० किलोग्राम मह उत्पादन हुने गरेको छ । जिल्लामा ७४७ मुडेघार र ६५ आधुनिक घार गरी जम्मा ८१२ घार छन् भने मौरीका लागि खप्तडछान्ना, थलारा, सुर्मा, केदारस्यु गाउँपालिका र बुङ्गल नगरपालिका उत्तम क्षेत्र मानिन्छ ।

अर्गानिक महको माग काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा बढी छ । विभिन्न कारणले मौरी जोगाउनै समस्या भएको किसान बताउँछन् । यहाँका अर्गानिक मह किन्न व्यापारी किसानको घरघर पुग्ने गरेका छन् । वन विनाश, अतिक्रमण, जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मह उत्पादन बर्सेनि घटिरहेको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ । “उत्पादन घटे पनि माग र भाउ भने बढिरहेको छ”, केन्द्रका प्रमुख टेकबहादुर विष्टले भन्नुभयो, “उत्पादन घट्न थालेपछि किसान पलायन हुन थालेका छन् ।”

सुलसुले किराले सतायो ! यहाँका सामुदायिक र राष्ट्रिय वनमा सुलसुलेकिराको प्रकोप बढेपछि आसपासका क्षेत्रमा मह उत्पादन घटेको केन्द्रले जनाएको छ । चिउरीका फूल फुल्न नपाउँदै किराले नष्ट गरेको केन्द्र प्रमुख विष्टले बताउनुभयो । उहाँका अनुसार मौरीपालनका लागि राम्रो मानिएको खप्तडछान्नामा मह उत्पादन झन्डै आधा घटेको छ । मौरी पालनका लागि फापर, सुन्तला जात, तोरीजस्ता बोटबिरुवा रोप्नुपर्ने किसानको भनाइ छ । मौरी पालन किसानका लागि ढुवानी, अनुदान, परामर्शलगायत तालीमको व्यवस्था गर्नुपर्ने किसानको माग छ । केन्द्र प्रमुख विष्टले बच्चादेखि बुढासम्म आयुर्वेदिक औषधिमात्र नभएर यसको सांस्कृर्तिक, धार्मिक र जन्मदेखि मृत्युसम्म बहुउपयोगी हुने भएकाले मह उत्पादन लाग्न किसानलाई आग्रह गर्नुभयो । – रमेश केसी, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *