आज बुधबार सुनको मूल्य स्थिर ! चाँदी भाउ घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार….

अर्थबजार जानकारी

अघिल्लो दुई दिन आईतबार र सोमबार घटेको सुनको मूल्य आज बुधबार स्थिर रहेको छ । चैत ११ गते सुनको मूल्य मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार र मंगलबार दुई दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले गिरावट भएको थियो ।

सुनको भाउ स्थिर रहेतापनि बुधबार चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २४० रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २५० रुपैयाँ तोकिएको थियो ।

यो पनि हेर्नुहोस्: चम्किँदै चाँदी: लगानी गर्ने राम्रो समय, सुपर चक्रले दिनेछ बम्पर रिटर्न ! कोरोना महामारीका कारण विश्वभरको बजार ठप्प रह्यो तर सुनचाँदीको मूल्यमा चमक रह्यो । बजारमा यस्तै अवस्था भइरहेमा सुनचाँदीको मूल्यमा फेरि वृद्धि हुने अपेक्षा गरिएको छ । यस पटक चाँदीको चमक धेरै हुनेछ र लगानीकर्तालाई भारी रिटर्न दिन सक्ने संभावना रहेको छ ।

चार वर्षको सुपर चक्रले दिनेछ बम्पर रिटर्न ! विश्लेषकका अनुसार संसारभरका बजारमा चाँदीको लागि वातावरण बन्दैछ । कुनै पनि आर्थिक संकटको समयमा विश्वव्यापी अर्थव्यवस्थामा वस्तुहरुको सुपर चक्र हुन्छ ।

सन् २००८को मन्दीमा पनि सुनचाँदीले सुपर चक्रकोे सामना गरेको थियो, जसको असर २०११ सम्म रह्यो । यसभन्दा अघि १९७० देखि १९७५, १९९० देखि १९९५, २००० देखि २००४ मा पनि आर्थिक संकटको समयमा वस्तुहरुकोे सुपर चक्र आएको थियो ।

हालको आर्थिक संकटमा पनि फेरि पनि एक सुपर चक्रको सुरुवात भएको छ, जुन सुनचाँदी, कपर, अन्न लगायतका सबै वस्तुहरुमा तिव्र वृद्धि ल्याउनेछ । सुपर चक्र औसतमा ४ वा ५ वर्षसम्म चल्ने गर्दछ, जसमा चाँदीको चमक धेरै बढ्ने अनुमान गरिएको छ ।

चाँदी खरिदमा डिजिटल लगानीको कुनै विकल्प नभएकाले पनि यसको मूल्य वृद्धि हुनेछ । सुनमा गोल्ड बण्ड वा ईटीएफका माध्यमबाट लगानी गर्न सकिन्छ जसमा पैसा बाँडिने गर्दछ ।

चाँदीको पक्षमा बन्दै छ वातावरण ! सन् २०११ मा अन्तरराष्ट्रिय स्तरमा चाँदीको भाउ ५० डलर प्रति अउन्स सम्म थियो,जुन हाल २५ डलरको हाराहारीमा रहेको छ । विश्वभरका देशहरुले अर्थतन्त्रलाई उकास्नका लागि राहत प्याकेज दिँदैछ । यसबाट महंगाई बढ्नेछ, जसबाट सुन र चाँदीको भाउमा वृद्धि हुनेछ ।

चाँदीको सबैभन्दा धेरै प्रयोग औद्योगिक क्षेत्रमा हुन्छ र सो क्षेत्रमा चौतर्फी सुधार आइरहेको छ । अर्थात् चाँदीको खपत आउने समयमा धेरै बढ्नेछ । चाँदीको उत्पादन पाँच वर्षदेखि लगातार घटिरहेको छ जसका कारण आउने समयमा मूल्यमा थप बढोत्तरी हुनेछ ।

यसैगरी ५ जी प्रविधि र सोलर प्यानलमा चाँदीको निकै नै प्रयोग भइरहेको छ जसका कारण चाँदी को खपतमा वृद्धि भइरहेको छ ।

२०२३ सम्ममा चाँदीको भाउ २ लाख प्रति किलो भन्दा माथि पुग्न सक्ने ! गत वर्ष अनिश्चितताका कारण सुनको भाउ बढेको थियो तर सो अनुपातमा चाँदीको भाउ बढेको थिएन । अहिले सुनचाँदीको अनुपात ६७ को आसपासमा रहेको छ ।

यदि सन् २०११ मा यो अनुपात ३१ सम्म आएको थियो र सो अवस्था फेरि आएमा चाँदीको भाउ सुपर चक्रको समयमा २ लाख प्रति किलोग्राम भन्दा माथि जान सक्दछ । हालको सुपर चक्र २०२३ सम्म पुग्ने सम्भावना छ । यस समयावधिमा सुनको भाउ ५६ देखि ५७ हजार डलर प्रति किलोग्राम पुग्यो भने ३१ को अनुपात पुरा गर्नका लागि चाँदी २ लाख रुपैयाँ प्रति किलोग्राम भन्दा माथि जान सक्दछ । हाल चाँदी अन्तरराष्ट्रिय बजारमा ८२० डलर प्रति किलोमा खरिदबिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *