रहेनन् नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशी…

जानकारी राष्ट्रिय

नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको नि’धन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा नि’धन भएको हो ।

गत फागुन १४ गते बिहान मस्तिष्काघा’त भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचारारत हुनुहुन्थ्यो ।

पूर्व उद्योग मन्त्री समेत रहनु भएका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता हुनुहुन्थ्यो । सन्ताउन्न वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी काठमाडौँ क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ काँग्रेसका केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।
फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । सोही दिन बिहान थप उपचारका लागि नर्भिक लगिएको थियो । आज उपचारका क्रममा नर्भिकमा उनको नि’धन भएको हो ।

नर्भिक अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा र’गत जम्नु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *