आज साेमबार सुनको मूल्य बढ्यो, चाँदीको घट्याे ! हेर्नुहोस् तोलाको कति पुग्यो…..

अर्थबजार जानकारी

आज साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य मात्र वृद्धि भएको छ । आज चैत १६ गते, सोमबार सुन तोलामा २०० रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बजारमा तेजाबी सुन ८६ हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघको तथ्यांकले देखाउँछ ।

यस अघि अघिल्लो साता शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले गिरावट भएर प्रतितोला ८६ हजार ३०० रुपैयाँ तोकिएको थियो । साताभरमा सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो साताको सोमबार सुन प्रतितोला ८७ हजार रुपैयाँमा किनबेच भएको थियो । यस हिसाबले सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

आज सोमबार सुनको भाउ बढे पनि चाँदीको भाउ भने घ’टेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेकाे छ । गत साताकाे अन्तिम कारोबार दिन, शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २३० रुपैयाँ तोकिएको थियो ।

अघिल्लो साताको तुलनामा यस साता चाँदीको भाउमा सामान्य गि’रावट देखिएको छ । अघिल्लो सोमबार प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भएको चाँदी आजसम्ममा तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघको तथ्यांकले देखाउँछ ।

थप हेर्नुहोस् तालिकामाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *