आज ह्वात्तै बढ्यो सुनचाँदीको भाउ ! हेर्नुहोस् तोलाको कति पुग्यो….

अर्थबजार जानकारी

काठमाडौँ । यो साताको पाँचौ दिन अर्थात बिहीबार आजको दिनमा नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिन बुधबार ४ सय रुपैयाँले घटेको सुन आज बिहिबार भने प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *