मदनकृष्णले भेटे ‘फुलबुट्टे सारी’ गाउने युगान्डाकी बियोन्स, पूरा भयो उनको सपना बियोन्स खुशीले यसरी रो,इन् ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

केही साताअघि एकाएक नेपाली समाजमा चर्चामा आएकी थिइन्, युगान्डाकी गायिका दे क्वाप्टेन बियोन्स फमासी । उनले नेपाली गीतको कभर गरेकी थिइन् जुन नेपाली दर्शक तथा स्रोताले पनि निकै मन पराएका छन् ।

फुलबुट्टे सारीको कभर भिडियो उनले बनाएपछि नेपाली दर्शकले उनको प्रशंसा खुलेर गरेका थिए ।गीतकार तथा संगीतकार राजनराज शिवाकोटीले आफ्नो गीत विदेशी कलाकारले मन पराएको भन्दै खुशी व्यक्तसमेत गरेका थिए ।

अनि कलाकार मदनकृष्ण श्रेष्ठले वियोन्सको ठेगाना कहाँ होला भन्दै भेट्न चाहेको उल्लेख नै गरे ।यो गीतको लेजेन्डरी भर्सन गीत गाएका मदनकृष्णको उक्त इच्छा पुरा भएको छ । वियोन्सले मदनकृष्णलाई भेटेकी छिन् ।

मदनकृष्णसँगको भेटपछि वियोन्सले आफ्नो जिन्दगीको ठूलो सपना पुरा भएको बताएकी छिन् । मदनकृष्णसँगको भेटमा वियोन्सले खुशीका आँसु झारेकी छिन् ।मदनकृष्णले पनि वियोन्सको खुलेर प्रशंसा गरे । उनले वियोन्सको गीत सुनेसँगै उनीसँग पूर्वजन्मको नाता भएको महसुस गरेको मदनकृष्णले बताएका छन् ।

थप भिडियो यहाँबाट हेरौंं:

Leave a Reply

Your email address will not be published. Required fields are marked *