आज पनि ह्वात्तै बढ्यो सुनचाँदीको भाऊ ! हेर्नुहोस् प्रति तोला कतिमा हुँदैछ कारोबार…..

अर्थबजार जानकारी

आज चैत २० गते शुक्रबारको दिन सुन र चाँदी दुबैको भाउ बढेको छ । आजको दिनमा सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आजको दिनमा चाँदीको भाउ पनि बढेर १ हजार २४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन बिहीबार प्रतितोला १ हजार २१० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको भाउ शुक्रबार तोलामा ३० रुपैयाँले बढेको हो ।

यो पनि हेर्नुहोस्: कुन देशको पैसाको भाउ कतिले बढ्यो ? हेर्नुहोस विदेशी मुद्राको विनिमयदर ! राष्ट्र बैंकको विवरण अनुसारतपाई कतारी रियाल सटही गर्दै हुनुहुन्छ भने १ कतारी रियाल बराबर ३२.०४ र विक्रीदर ३२.०२ नेपाली रुपैयाँ हुन आउँछ ।

त्यस्तै, साउदी अरेवियन १ को ३१.११ खरिददर छ भने विक्रीदर ३१.२७ नेपाली रुपैयाँ तोकेको छ । कुवेती दिनार १ को खरिद गर्दा ३८५.९७ नेपाली रुपैयाँ विक्रिीगर्दा ३८७.९६ रुपैयाँ रहेको छ । यस्तै, मलेसियन रिंगेट १ को २८.१५ नेपाली रुपैयाँ र विक्रीदर २८. २९ रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिदमा ११६.६८ र विक्रीदर ११७.२८ नेपाली रुपैयाँ तोकेको छ । राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा विनिमयदर कुनै पनि समय फेरबदल हुन सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *