शिवले दिएका छन् भाग्यमानी यी ३ राशिलाई करोडपति हुने बरदान, वर्षिन्छ पैसा…..

जानकारी धर्मदर्शन

ज्योतिषशास्त्रमा जम्मा १२ राशिका बारेमा उल्लेख गरिएको छ । सबै राशिका आ-आफ्नै विशेषता रहेका छन् । ती मध्ये कुनै राशि निकै भाग्यमानी त कुनै राशि कम भाग्यमानी हुने कुरा पनि उल्लेख गरिएको छ । राशिका बारेमा मानिसको भविष्यका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ । आज हामी तपाईलाई केही यस्ता राशिका बारेमा जानकारी दिदैछौँ ।

जो राशिलाई भगवान शिवको विशेष कृपा रहने गर्छ । अर्थात उनीहरु शिव भगवानका निकै प्रिय हुने गर्छन् । ती राशिका व्यक्तिमाथि सधैँ भगवान शिव दाहिने हुने भएका कारण धनी बन्न कसैले छेक्दैन । यिनीहरुलाई करोड पनि बन्ने बरदान शिव भगवानले दिएको पनि ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ ।आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि ?

वृष राशिःयस राशिको मानिसहरुको मंगल निकै राम्रो हुने गर्दछ । वृष राशिको व्यक्तिहरु भगवान शिवको स्वरूपको निकै नजिक हुने गर्दछन् । यस राशिको व्यक्तिहरु चाहे दुखमा होस् या सुखमा सधै भगवान शिवको जप गरिरहन्छन् । त्यसैले भगवान शिव यिनीहरुको हरेक मनोकामना पूरा गर्दछन् । यस राशिको व्यक्तिहरुले हरेक सोमबारको दिन शिव मन्दिर गएर शिवलिंगमा जल चढाउनु पर्दछ ।

कर्कट राशिः यस राशिको मानिसहरुमा भगवान शिव निकै दयालु हुने गर्दछन् । यी राशिको मानिसहरु भगवान शिवको भक्तिमा सधै तल्लिन हुने गर्दछन् ।
यस राशिको व्यक्तिहरु भगवान शंकरको कुनैपनि व्रत या पर्वमा वर्त राख्न छोडदैनन् । भगवान शिव यस राशिको व्यक्तिहरुमा सधै आफ्नो कृपा बनाई राख्नुहुन्छ ।

मकर राशिःयो राशिको व्यक्तिहरु भगवान शिवको सबैभन्दा धेरै नजिक हुने गर्दछन् । यस राशिको व्यक्तिहरुमा आउने समस्याहरुको अन्त्य भगवान शिवले स्वयंम गर्नुहुन्छ।जीवनको हरेक उतार चढ़ावमा भगवान शिवको नाम लिन भुल्दैनन् । त्यसैले भगवान शिव यी राशिमा आफ्नो कृपा बर्साउने गर्दछन् ।सोमवारको दिन शिवलिंगमा दूध चढाउनाले यस राशिको व्यक्तिहरुलाई अधिक फाईदा हुने गर्दछ ।

यो पनि हेर्नुहोस्ः तेस्रो डेटिङपछि युवतीले छोडेपछि, युवकले गरे यस्तो, जसले सबैको होस उड्यो ! एक युवतीले डेटिङ एप टिण्डरमार्फत एक युवकसँग मित्रता गरिन् । उनीहरु तीन पटकसम्म साथमा डेटिङ गए तर त्यसपछि युवतीले युवकलाई वास्ता गर्न छाडिन् । युवतीले वास्ता गर्न छाडेपछि ती युवकले डेटिङमा खर्च भएको पैसा फिर्ता मागेपछि अहिले ती युवती चकित परेकी छिन् ।

युवकले ३ पटकको डेटिङमा आफूले युवतीको खाना र पेय पदार्थमा गरेको खर्च भन्दै ३५ डलर (४ हजार रुपैयाँ) फिर्ता मागेका हुन् । द सनमा प्रकाशित रिपोर्टअनुसार अमेरिकाको विस्कन्सिनकी एलेक्स कोलबोथ नामकी युवतीलाई ती युवकले म्यासेज पठाउँदै आफूहरु डेटिङमा जाँदाको खर्च दुवैले बराबर ब्यहोर्दा मात्र उचित हुने बताउँदै आफूले ३ पटकको डेटिङमा उनको लागि खर्च गरेको रकम ३५ डलर निर्धारण गर्दा उचित हुने र त्यो रकम आफूलाई फिर्ता दिइनुपर्ने बताएका छन् ।

उनले तीन पटकको डेटिङमा रेष्टुरेण्ट, बारमा आफूले पैसा तिरेको बताएका छन् । युवकले एलेक्स इमान्दार भएको आफूलाई विश्वास भएको भन्दै उनलाई पैसा तिर्न सजिलो होस् भनेर म्यासेजमै आफ्नो भेनमो अकाउन्टको लिंकसमेत पठाएका छन् । एलेक्सले भने युवकले यस्तो म्यासेज पठाएपछि म्यासेजको स्क्रिनशट ट्वीटरमा शेयर गरेकी छिन् ।

ट्वीटरमा भने मानिसहरुले यस विषयमा विभाजित प्रतिक्रिया दिएका छन् । केहीले यो माग जायज भएको भनेका छन् केहीले भने यदि पछि पैसा माग्ने भए पहिल्यै यो कुरा बताउनुपर्ने बताएका छन् । उनीहरुले युवकले स्वेच्छाले पैसा तिरेकोले फिर्ता माग्न नमिल्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *