आज २०७७ सालको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ घट्याे ! हेर्नुहोस् प्रति तोला कतिमा हुँदैछ कारोबार….

अर्थबजार जानकारी

आज चैत ३१ गते अर्थात् २०७७ सालको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ घटेको छ । आज चैत ३१ गते, मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सुनको भाउ प्रतिततोला १०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । मंगलबार सुनसँगै चाँदीको मूल्य पनि गिरावट भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार भने चाँदी प्रतितोलला एक हजार २७५ रुपैयाँ तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *