आज सुनचाँदीको मूल्य वढ्यो ! हेर्नुहोस् प्रति तोला कति पुग्यो……….

अर्थबजार जानकारी

आज नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । आज वैशाख २ गते बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । आजको दिन छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । २०७७ को अन्तिम कारोबार दिन भने सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहिबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा नै ३० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २९० रुपैयाँमा किनबेच हुँदैछ । चैत ३१ गते चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *