आज फेरि बढ्यो सुनको भाउ ! हेर्नुहोस् प्रति तोला कति पुग्यो सुनको मूल्य……

अर्थबजार जानकारी

आज बैसाख ५ गते आईतबार, साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ बढेको हो ।आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नयाँ वर्ष अर्थात २०७८ साल लागेदेखि नै सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । २०७७ को अन्तिम दिन अर्थात चैत ३१ गते ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बैशाख ५ गतेसम्म आईपुग्दा १ हजार २०० रुपैयाँ बढेको छ ।

सुनको मूल्य बढेपनि आजको दिनमा चाँदीको मूल्य भने स्थिर रहेको छ । गत ३ गते शुक्रबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी, आजको दिनमा पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *