जन्मदिनकै दिन वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना सं’क्रमण

जानकारी राष्ट्रिय समाज

काठमाडौँ,६ वैशाख । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना भाइरस संक्र’मण भएको छ । सोमबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमा आफु लगाएत छोरा,छोरी, बुहारी र नातिनी गरि पाच जनालाई कोरोना सं’क्रमण भएको जानकारी दिएका हुन् ।

पछिल्लो समय नया खालको कोरोना सं’क्रमणको संख्या दिन दिनै बढिरहेको बेला श्रेष्ठ परिवारलाई पनि कोरोना सं’क्रमण भएको छ । श्रेष्ठको आज जन्म दिनमा हो । उनलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दर्शकहरुले दिईरहेको बेला यो खबरले पक्कै पनि नमिठो भएको छ । साथै कोरोना भाइरसलाई हलुका नलिन र सतर्क अपनाउन समेत श्रेष्ठले आग्रह गर्नु भएको छ ।

यो पनि पढ्नुहोस: आज थप १२८१ जनामा कोरोना सं’क्रमण पुष्टि,८ जनाको मृ’त्यु ! काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ८१ जनामा कोरोना भाइरस संक्र’मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००१ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षण गर्दा १२८१ जनामा सं’क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सं’क्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा आठ जनाको मृ’त्यु भएको छ । हालसम्म कोरोनाबाट मृ’त्यु हुनेको संख्या तीन हजार ९१ पुगेको छ ।

त्यसैगरी,पछिल्लो २४ घण्टामा २५५ जना निको भएका छन् । अहिले सम्म निको हुनेको संख्या दुई लाख ७५ हजार ५५५ पुगेको छ । भने सक्रिय सं’क्रमितको संख्या ७२५४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *