आज घट्यो सुनको भाउ ! हे’र्नुहोस् प्रति तोला कतिमा हुँदैछ कारोबार…..

अर्थबजार जानकारी

नया बर्ष २०७८ साल बैशाखको सुरुवातदेखि बढेको सुनको मूल्य आज बैशाख ७ गते मंगलबारको दिन घटेको छ । आजको दिनमा सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यस दिन छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज मंगलबारको दिन तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा किनबेच भइरहेकाे छ ।

हिजो सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार रुपैयाँ पुगेको थियो । बैशाखको पहिलो कारोबार दिनयता सुनको भाउ दिनहुँ बढिरहेको थियाे । बैशाख २ गतेदेखि सुन तोलामा ९०० रुपैयाँले बढोत्तरी भएको थियाे । चाँदीको भाउ लगातार तेश्रो दिन स्थिर रहेको छ। बैशाख ३ गतेयता चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *