अब काठमाडौँको सार्वजनिक ठाउँमा ‘थुक्न’ नपाइने, यदि गरे यस्तो कारवाही हुने…..

जानकारी राष्ट्रिय

पछिल्लो समय दिनानु दिन कोरोना संक्रमण बढ्दै गएपछि घर तथा सार्वजनिक स्थानमा जथाभावी थुक्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न काठमाडौंवासीलाई आग्रह गरको हो ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण तिब्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालयले कडा नियम बनाएको हो । जिल्ला प्रशासन कार्यालयको आग्रह अटेर गर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

यो पनि हेर्नुहोस्ः पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना सं’क्रमण पुष्टि, ११ जनाको मृ’त्यु ! पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस सं’क्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृ’त्यु भएकाे रिपाेर्ट प्राप्त भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ११ जनाको मृ’त्यु भएको छ । हालसम्म कोरोनाबाट मृ’त्यु हुनेको संख्या तीन हजार १०२ पुगेको छ ।

त्यसैगरी,पछिल्लो २४ घण्टामा २५१ जना निको भएका छन् । अहिले सम्म निको हुनेको संख्या दुई लाख ७५ हजार ८०६ पुगेको छ । भने सक्रिय सं’क्रमितको संख्या ८६५९रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *