आज एकैदिन सुनको भाऊ यति धेरैले बढ्याे ! हे’र्नुहोस् प्रति तोला कतिमा हुँदैछ कारोबार……

अर्थबजार जानकारी

नेपाली बजारमा हिंजो मंगलबारको दिन घटेको सुनको भाउ आज बैसाख ८ गते बुधबारको दिन बढेको छ । आजको दिनमा सुन प्रति तोलामा एक हजार तीन सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार स्थानीय बजारमा आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन हिंजो मंगलबार सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । नयाँ बर्ष २०७८ सालको शुरुवाती महिना वैशाख लागेयता निरन्तर सुनको मूल्य उकालो लागेको थियो जुन हिंजो मंगलबार मात्र ओरालो लागेको थियो ।

त्यस्तै, चाँदीको भाउ लगातार चार दिन एकै भाउमा कारोबार भएपनि बुधबार भने वृद्धि भएको छ । आजको दिनमा चाँदी एक तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१० रुपैयाँमा किनबेच हुँदैछ । वैशाख ३ गतेयता चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यो पनि हेर्नुहोस्ः कुरैले जित्ने चलाख हुन्छन् यी ५ राशि भएका ब्यक्ति ! हामी धर्म, ग्रन्थ देखि ज्योतिष विज्ञान सम्म निक्कै विश्वास गर्छौ । पृथ्वीको उत्पती देखि मानिसको जन्म, मृत्युका बारेमा ज्योतिष विज्ञानले बोलेको कुरा ब्रमाण्डका सबै मानिसले पत्याउदै आएका छन् ।

हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा हुन्छ, जब हामी कुनै विपत्तिमा आफ्नो दिमागको सही प्रयोग गर्छौँ ।

तुला राशि : चलाकीपूर्वक बुद्धिको प्रयोग गर्नु पनि एक कला हो, जो हाम्रो ज्योतिषीय गुणमा समावेश छ । हुनतः हरेक व्यक्तिमा आफ्नो गुण हुन्छ तर आज हामी राशिको माध्यमले थाहा पाउने छौँ कि वास्तवमा कुन–कुन राशि भएका मानिस अधिक चलाक र बुद्धिमान हुन्छन् ।

कुम्भ राशि: यदि कुनै सोचलाई परिवर्तन गरी केही नयाँ काम गराउने सोच्नुहुन्छ भने यसको लागि तुला राशि भन्दा राम्रो कुनै राशि हुनसक्दैन । तुला राशि भएका मानिसहरूसँग हरेक समस्याको समाधन हुन्छ । जब कुनै पनि समस्या उत्पन्न भएमा यस राशिका मानिसले हरेक किसिमले समाधान निकालेर नै छोड्छन् ।

कन्या राशि : यिनिहरूको दिमागमा सधैँ अलग र क्रिएटिभ आइडियाले जन्म लिन्छ । यो राशि भएका मानिस आफ्नो कुशलतालाई देखाउन कहिलै पछी हट्दैनन् । यी मानिसहरूमा सबैको मनमा राज गर्ने कौशल हुन्छ । यिनीहरू ज्ञानको धनि हुन्छन्, आफ्नो गहन ज्ञानको कारणले यी मानिस हरेक समस्याको कुनै न कुनै हल निकाल्छन् आलोचक र विश्लेषक ज्योतिष शास्त्रका अनुसार कन्या राशि हुने मानिसहरूको सबैभन्दा ठूलो विशेषता नै यिनीहरू ज्यादै बुद्धिमानी हुन्छन् ।

मीन राशि यी मानिसहरूले उचित अवस्थामा मात्र प्रतिक्रिया जनाउँछन् । यिनीहरू एक–एक गरि आफ्नो दिमागमा विचारलाई सिर्जना गर्दछन् र सही समयमा नै बलियो रहेको त्यस विचारलाई सबैको अगाडी देखाउँछन् । यी मानिसहरू अवस्थालाई विश्लेषण गरेर मात्र अगाडी बढ्छन् यस राशिलाई भावुक राशि भनिन्छ र जब कुरा दिमाग चलाउने आएमा यो राशि भएका मानिसहरू आफ्नो हिसाबले काम गर्छन् ।

सिंह राशि : यदि यिनीहरूमा कुनै एकदमै महान विचार छ भने त्यसमा हृदय देखि नै काम गर्छन् र त्यसलाई सबैको सामु ल्याउन अधिक मेहेनत गर्छन् । यी राशि भएका मानिसहरू एक महान बुद्धिको स्वामी हुने गर्छन् चलाकको राजा सिंह राशि भएका मानिसहरूलाई यदि कुनै यस्ता काम दिनुहोस्, जसमा बढी दिमाग लगाउनु पर्ने आवश्यकता पर्दछ ।

हुनसक्छ कि उनीहरूले पहिलो पटक त्यो काम नबुझे पनि तर हार मान्दैनन् । यस राशिका मानिसहरूले थोरै ढिलो समझदारी देखाउँछन् तर यसको अर्थ यो पनि होइन कि यी मानिसहरू बुद्धिमान हुँदैन यिनीहरू कुनै पनि काम सोच्नको लागि थोरै समय लगाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *