पहिलो पटक मेकअप बिनाकी श्रीमती देखेपछि विवाह गरेको दुई दिनमै श्रीमानले दिए ‘डिभोर्स’…..

जानकारी समाज

एजेन्सी। संयुक्त अरब इमिरेट्सका एक व्यक्तिले विवाह गरेको दुई दिनमा नै श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । पहिलो पटक श्रीमतीलाई मेकअप बिना देखेपछि उनले श्रीमतीसँग छुट्टिएर बस्ने निर्णय गरेका हुन् । यो अचम्मको घ’टना मनोचिकित्सक डा. अब्दुल अजिज असफले बताएका हुन् । उनको दाबी अनुसार २८ वषीया एक महिलाले आफ्नो अप्रत्याशित सम्बन्धविच्छेद पछि मनोवैज्ञानिक दुःख भुल्नका लागि उनको क्लिनिकमा सम्पर्क गरेकी थिइन् ।

असाफले ती महिलाको नाम सार्र्वजनिक गरेका भने छैनन् तर ती महिला विवाह गर्नुपूर्व ६ महिनादेखि ती ३४ वर्षीयसँगको सम्बन्धमा रहेको भने जानकारी दिए । सम्बन्धमा रहँदा उनका श्रीमानले उनलाई कहिले पनि बिना मेकअप नदेखेको र पहिलो पटक उनको वास्तविक अनुहार देख्दा उनले चिन्न नसकेको असफले बताए ।

उनका श्रीमानले उनलाई कस्मेटिकको अत्यधिक प्रयोग गरी आफूलाई झुक्याएको, नक्कली परेला हालेको र विवाह गर्नुभन्दा पहिलेजस्तै राम्री नभएको आ रोप लगाउँदै उनीसँग सम्बन्धविच्छेद गरेको असफले बताए ।

गल्फ न्यूजका अनुसार ती बेहुलाले आफ्नी दुलहीको मेकअप बिनाको अनुहार विवाहको दोस्रो दिन अल माम्जार नामक समुन्द्री तटमा स्विमिङ गर्न जाँदा देखेको बतायो । पानीले उनको सबै मेकअप पखालेको र उनका श्रीमान त्यसभित्रको अनुहार देखेर छक्क परेको स्रोतले दाबी गरेको छ । ‘यस घ’टना पछि ती बेहुलाले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको र उनीसँग कहिले पनि पुर्नमिलन नगर्ने घोषणा गरेका छन्,’ डा. असाफले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *