आज पनि बढ्यो सुनचाँदीको बजारभाउ ! हेर्नुहोस् प्रति तोला कति पुग्यो…….

अर्थबजार जानकारी

काठमाडौँ । आज बिहीबार पनि सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ सामान्य बढेको हो । हिंजो बुधबार प्रतितोला ९२ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन आज बिहिबारको दिन तोलामा २०० रुपैयाँले बढेर ९२ हजार २०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको छ । यता, चाँदीको भाउ भने एकैपटक प्रतितोला २५ रुपैयाँ बढेको छ । हिंजो बुधबार प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बिहीबार एक हजार ३३५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

यो पनि हेर्नुहोस्ः यस्तो छ आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमयदर ! नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा बिक्री विनिमयदरअनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९२ रुपैयाँ ३५ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३३ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९० रुपैयाँ ३० पैसा तोकिएको छ ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ११ रुपैयाँ ०५ पैसा र बिक्रीमूल्य ११ रुपैयाँ ११ पैसा, चाइनिज युवान एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *