आजको राशिफल हेर्नुहोस : वि.सं.२०७८ साल बैसाख १२ गते आईतबार तदनानुसार ईश्वी सन् २०२१ अप्रिल २५ तारिख

जानकारी धर्मदर्शन राशिफल

आज मिति २०७८ साल बैसाख १२ गते आईतबार । ईश्वी सन् २०२१ अप्रिल २५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि– त्रयोदशी,२२ घडी ०३ पला,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–हस्त,४८ घडी ३४ पला,रातको १२ बजेर ५७ मिनेट उप्रान्त चित्रा । योग– व्याघात,०२ घडी ३० पला,बिहान ०६ बजेर ३२ मिनेट उप्रान्त वरियान । करण–कौलव,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त गर,रातको ०१ बजेर २० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी ३३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि घर जग्गा तथा सवारि साधनको कारोबारभने फस्टाएर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनु पर्नेछ । व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

साप्ताहिक राशिफल : बैसाख ०५ गते आईतबारदेखी बैसाख ११ गते शनिबारसम्मको

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता धन हात पर्ने र भौतिक सुख मिल्नेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । साताको अन्त्यमा शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यो सातामा शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) यो साता शुभकार्यमा सरिक भइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै रहनेछ । मध्य सातामा प्रेममा बाधाका साथै मन कमजोर रहला । आज आर्थिक कारोबारमा विवाद बढ्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) यो सातामा रोकिएका काम पुनः सुरु हुन सक्छन् । आज आकस्मिक धन लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । प्रेम प्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्नेछ । कृषि क्षेत्रको काम अघि बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) यो साता आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) यो साता बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझला । माल सामान हराउन सक्छ, होसियार रहनु पर्छ । मध्य सातामा विद्या र बुद्धिको विकास हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) यो सातामा दिनहरू भाग्यशाली भएर देखा पर्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सहयोग गर्ने र आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । व्यावसायिक योजनाको सम्भावना पनि छ । हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) यो साता धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाईनेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) यो हप्ता शुभ समाचार सुन्न पाइएला । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमिले नयाँ प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम पनि विस्तारै अघि बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) यो हप्तामा गरेको कार्यमा अवरोध आउला । सामान हराउने वा चोरी हुने भयछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) यो सातामा मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्न सक्छ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा जिद्दीपना बढ्न सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) यो साता बढी मिहनेतले बढी फाईदा मिल्नेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *