आज नेपालमा थप ४५२४ जनामा कोरोना सं’क्रमण पुष्टि, १८ जनाको मृ’त्यु,सक्रिय सं’क्रमित २६ हजार नाघे

जानकारी राष्ट्रिय

काठमाडौँ,१४ वैशाख । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस स’ङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा सं’क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा स’ङ्क्रमितको सङ्ख्या ३ लाख ७९ हजार ९२५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृ’त्यु भएको छ । हालसम्म कोरोनाबाट मृ’त्यु हुनेको संख्या तीन हजार १९४ पुगेको छ । मन्त्रालयका अनुसार २६ हजार २२५जना कोरोनाका सक्रिय सं’क्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *