गायक तथा नायक प्रशान्त तामाङको आमाको असामयिक नि’धन….

जानकारी समाज

काठमाडौँ । चर्चित गायक तथा नायक प्रशान्त तामाङको आमाको असमाहिक नि’धन भएको छ । सामाजिक सञ्जाल फेसबुकमा आमा सहितको पोष्ट शेयर गर्दै जानकारी दिएका हुन् । ईण्डियन आइडलको उपाधि चुमेपछि चर्चित भनेका तामाङ नेपाली चलचित्र पनि खेले जुन निकै सफलता हात पार्न सफल भए । उनको पहिलो नेपाली चलचित्र ‘गोर्खा पल्टन’ हो । उनको ‘परदेशी’ चलचित्रले निकै सफलतामा पुर्याएको थियो । पछिल्लो समयमा ‘परदेशी २’ पनि खेलि सकेका उनले प्रदर्शनको तयारीमा छ ।

यो पनि हेर्नुहोस्ः त्रिभुवन विमास्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध ! सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमन को रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ ।

नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ । त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।

थप समाचारहरुः प्रजिअलाई नै कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द ! प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेललाई कोभिड–१९ सङ्क्रमण देखा परेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा बन्द गरेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी यही वैशाख १५ देखि २१ गतेसम्म कार्यालयको सेवा बन्द गरिएको जनाएको छ ।

सोमबार स्वाब सङ्कलन गरी पठाइएकामा एक कर्मचारीसहित छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिनुभयो । जिल्लामा हालसम्म ८८० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेका छन् । तीमध्ये १७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *