आज बढ्यो सुनको भाउ ! हेर्नुहोस् प्रति तोला कति पुग्यो……

अर्थबजार जानकारी

आज बैसाख १९ गते आइतबार अर्थात साताको पहिलो दिन सुनको भाउ बढेको छ । आज आइतबारको दिन छापावाला सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर ९० हजार रुपैयाँ कारोबार मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अस्ति शुक्रबार तोलामा नौ सय रुपैयाँले घटेर छापावाला सुन ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले आजका लागि तेजावी सुनको भाउ ८९ हजार पाँच सय रुपैयाँ तोकेको छ । आज चाँदीको भाउमा कुनै घटबढ भएको छैन। शुक्रबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि उस्तै छ ।

सामान्य अवस्थामा देशभर दैनिक २० देखि ४० किलो सुनको कारोबार हुने गरेको भएपनि कोभिड माहामारीको दोस्रो लहका कारण अहिले सुनको कारोबार निकै आरालो झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । देशका प्रमुख सहरमा जारी भएको निषेधाज्ञाका कारण बजार प्रभावित भएको व्यवसायीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *