दिनदिनै बढ्दै कोरोना सं’क्रमित,आज थप ७२११ कोरोना सं’क्रमित पुष्टि, २७ जनाको मृ’त्यु,सक्रिय सं’क्रमित ४८ हजार नाघे

जानकारी राष्ट्रिय स्वास्थ्य

काठमाडौं,१९ वैशाख । पछिल्लो २४ घण्टामा सात हजार २११ जनामा कोरोना भाइरस (कोभिड-१९) सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १६ हजार ७७० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा स’ङ्क्रमण पुष्टि भएको हो । यसमा १६ हजार १४७ जनाको पीसीआर र ६२३ जनाको एन्टीजेन परीक्षण गर्दा ७ हजार १३७ र ७४ जनामा स’ङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा स’ङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ । त्यस्तै पछिल्लो समय थप १६१२ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ८३ हजार ९९४ रहेको छ । अहिले देशभर ४८७११ हजार २१३ सक्रिय स’ङ्क्रमित छन् । त्यस्तै पछिल्लो समय कोरोनाका कारण २७ जनाको मृ’त्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार ३२५ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *