जब एक चोर सलमान खानको घरभित्र चोरी गर्न पस्यो त्यसपछि……. खाट मुनिबाटै फिल्म हेर्न थाल्यो ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो रोचक

एक चोर सलमान खानको घरभित्र पसेको रोचक किस्सा बाहिरिएको छ । हुन त बलिउड सुपरस्टार सलमान खानको घरको ढोका हरेक दीनदुखीहरुको लागि खुला रहन्छन् । उनको परिवार निकै ठूलो छ र यहाँ मानिसहरुको आवतजावत चलिरहन्छ ।

परिवारका सदस्यका साथीभाइ लगायत परिवारमा यति धेरै पाहुना आउँछन् कि एक दिन उनको घरमा चोर पस्दा समेत परिवारका सदस्यले थाहा पाएनन् । बरु ती सदस्यहरुले चोरलाई परिवारकै कसैको पाहुना ठाने ।

एक अन्तरवार्ताका क्रममा सलमानका पिता सलीम खानले यो रोचक घटनाको खुलासा गरेका थिए । सलीमका अनुसार त्यो समय सलमान निकै युवा थिए । चोर अबेर राती आएको थियो र उसले पैसा र केही सामान चोरेको थियो । बिहान कोही त्यो कोठामा पुगेपछि आत्तिएको चोर बेड मुनि पस्यो ।

त्यो कोठामा टिभी चलिरहेको थियो र कुनै रमाइलो फिल्म आइरहेको थियो । चोरले खाट मुनिबाटै फिल्म हेर्न थाल्यो । चोर त्यो कोठामा टिभी हेरेर सु ति रह्यो । कोठामा कैयौं मानिसहरुको आवतजावत भइरह्यो तर कसैले पनि ऊ चोर भएको चाल पाएनन् ।

कसैले उसलाई केही सोधेनन् किनकि सबैलाई लाग्यो ऊ परिवारकै कुनै सदस्यको पाहुना हो । किनकि घरमा पाहुनाहरु धेरै आउँथे । सलमानलाई लाग्यो अरबाजको पाहुना हो, अरबाजलाई लाग्यो सोहेलको कुनै साथी हो ।

केही बेरपछि कसैको दिमागका ऊ को हो भन्ने उत्सुकता भयो र उले सोध्यो । सोधेपछि चोर डरायो र उसले आफू चोर भएको बतायो । चोरलाई समातेपछि उसले घरबाट चोरेका सबै सामान फिर्ता दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *