निषेधाज्ञाको मौका छोपी यात्रुसंग ९ सय पर्ने ठाउँमा ४ हजार रुपैया भाडा उठाउने एक जना नया बसपार्कबाट प’क्राउ……

जानकारी समाज

यात्रुसंग बढी भाडा उठाएको आ’रोपमा एक जना नया बसपार्कबाट प’क्राउ परेका छन । प’क्राउ पर्नेमा स्याङ्जा चापाकोट–७ स्थायी घर भई हाल काठमाडौंको मित्रनगर बस्ने ३० वर्षीय मिलन सारु रहेका छन् । उनि गोंगबुको नयाँ बसपार्कस्थित बागलुङ भगवती काउण्टरका कर्मचारी हुन् । उनले वैदेशिक रोजगारीबाट फर्किएका यात्रुसँग काठमाडौंबाट बागलुङसम्मको भाडा तीन हजारदेखि चार हजार रुपैयाँसम्म लिएको पाइएपछि प’क्राउ गरिएको हो ।

जहा नियमित भाडा ९ सय रुपैयाँ मात्र तोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बताए । निषेधाज्ञाको मौका छोपी त्यसको फाइदा लिनेहरु सादा पोशाकमा छड्के जाच गर्ने प्रहरी टोलीको निशानामा परेका छन । प’क्राउ परेका सारुलाई आवश्यक का.रवाहीका लागि महानगरीय प्रहरी प्रभाग बसपार्कमा बुझाएको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस्ः कोरोना भाइरसको दोस्रो लहरको स’ङ्क्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा सेनालाई ! कोरोना भाइरसको दोस्रो लहरको स’ङ्क्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ स’ङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्ला स्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपा स्थित शिर मेमोरियल अस्पताल, नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युट र नमोबुद्ध नगरपालिकाको नौबिसे स्थित जनक बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको आइसोलेशन केन्द्रको सुरक्षाको जिम्मा धुलिखेल स्थित कालिजङ्ग गणका नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो ।

शिर मेमोरियल अस्पालमा २०, इन्स्टिच्युटमा ५०, क्याम्पस भवनमा २५ र पाँचखाल नगरपालिकाको समाजकल्याण चोकमा १५ शय्याका आइसोलेशन कक्षको व्यवस्थापन गरिएको छ । स’ङ्क्रमणबाट मु’त्यु भएकाको श’व व्यवस्थापन समेत नेपाली सेनाले गर्दै आएको छ । हालसम्म पनि जिल्लामा सरकारी, निजी र स्थानीय तहमा श’व बाहन नभएको हुँदा श’व व्यवस्थापनका लागि जिल्ला स्तरीय सङ्कट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी श’व बाहन उपलब्ध गराउन वाग्मती प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *