‘द भ्वाइस अफ नेपाल’ आजको ब्याटल राउण्ड ! हेर्नुहोस (भिडियो सहित)

भिडियो मनोरञ्जन संगीत

निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् । कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए ।

जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् । ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन ।

पुरा भिडियो यहाबाट हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *