फेरी बढ्यो काठमाडौमा लकडाउन : यस्ता नियमहरु थपिए ! हेर्नुहोस् दैनिक उपभोग्य बस्तुका लागि के गर्ने…..

जानकारी राष्ट्रिय समाज

काठमाडौ । काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञा बढाउने निर्णय गरेको छ । मंगलवार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । दोस्रो पटक वैशाख २९ गते बढाइएको निषेधाज्ञा तेस्रो पटक जेठ १३ गते सम्मका लागि लागू गरिउको गरिएको छ ।

मंगलबार उपत्यकाका तीनवटै जिल्ला प्रशासनबीचको बैठकले थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा थप कडा हुने पनि जनाइएको छ । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयबाट हुने सेवा प्रवाह स्थगित गरिएको छ ।

ललितपुरका सिडिओलाई कोरोना पुष्टि भएकाले निमित्त प्रमुख जिल्ला अधिकारुी वस्नेत वैठकमा सहभागी भएका थिए । थप गरिएको निषेधाज्ञामा त्यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका परेमा आयोजनाबाहेकका सबै निर्माण कार्यमा पनि रोक लगाइएको छ । त्यस्तै होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा पनि रोक लगाइएको छ ।

घरमा भने १० जनासम्म भेला हुने गरी यस्ता कार्य गर्न दिइने निमित्त प्रजिअ बस्नेतले जनाए । दैनिक उपभोग्य बस्तुको किनमेलको समय बिहान ९ बजेसम्म तोकिएकोमा त्यसलाई बढाएर १० बजे बनाइएको छ । त्यस्तै कालीमाटी लगायतका तरकारी तथा फलपलू बिक्री बेन्द्रबाट खुद्रा बिक्रीमा रोक लगाइएको छ । ती बजारबाट थोक बिक्री मात्रै गर्न पनि आदेश जारी गरिएको छ ।

यो पनि हेर्नुहोस्ः कैलालीमा एक साता निषेधाज्ञा थप भएको छ । दोस्रो पटक थपिएको निषेधाज्ञा सकिनै लाग्दा तेस्रो पटक थप गरिएको हो । पहिलो पटक २२ गते सम्म र दोस्रो पटक ३१ गते सम्म कैलालीमा निषेधाज्ञा तोकिएको थियो ।प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले तेस्रो पटक जेष्ठ ६ गतेसम्म निषेधाज्ञा थप गरिएको जनाएका छन् ।

सोमबार जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (एमसीसी)को बैठकले गरेको सिफारिस अनुसार एक साता निषेधाज्ञा थप गरिएको हो ।कोरोना संक्रमित दिन प्रति दिन बढिरहेको हुदा निषेधाज्ञा थप कडा पारिएको प्रमुख जिल्ल अधिकारी रिजालले बताए ।

प्रशासनले एटीएम बाहेक बैंकको सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल/व्यवसायहरु हरेक मंगलवार, विहिबार र शनिबार बिहान ६ देखि ९ बजेसम्म जनस्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *