आज थप यति जनामा कोरोना स’ङ्क्रमण पुष्टि ! २४ घण्टामा १६८ जनाको मृ’त्यु…..

जानकारी राष्ट्रिय समाचार

पछिल्लो २४ घण्टामा नौ हजार ३०५ जना नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड –१९) का स’ङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सक्रिय कोरोनाका बि’रामी एक लाख एक हजार ६३४ पुगेका छन् । पहिलो पटक सक्रिय कोरोना स’ङ्क्रमितको सङ्ख्या एक लाख नाघेको हो । मन्त्रालयका अनुसार २० हजार ३६२ जनाको पिसिआर र ४२४ जनाको एण्टिजेन परीक्षणमा नौ हजार ३०५ जनामा स’ङ्क्रमण पुष्टि भएको हो । यसमध्ये पिसिआर बाट नौ हजार २३८ र एन्टिजेन विधिको परीक्षणका क्रममा ६७ जनामा स’ङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

सबैभन्दा बढी काठमाडौँमा तीन हजार २५० जनामा स’ङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा स’ङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल तीन हजार ९२४ जनामा स’ङ्क्रमण पुष्टि भएको हो । यसैगरी बढी स’ङ्क्रमण पुष्टि भएका जिल्लामध्ये रूपन्देहीमा ७७१, कैलालीमा ३३९, मोरङमा ३३६, झापामा ३००, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५ जना कोरोना स’ङ्क्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।

नेपाली सेनाद्वारा गरिएको श’व व्यवस्थापनको तथ्याङ्कका आधारमा कोभिड १९ सङ्क्रमणबाट गत २४ घण्टामा १६८ जनाको मृ’त्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृ’त्यु हुनेको सङ्ख्या चार हजार २५२ पुगेको छ । यस अवधिमा चार हजार ४४४ जना कोरोना भाइरसको स’ङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म तीन लाख १६ हजार ४६८ जना स’ङ्क्रमण मुक्त भएका छन् । यो कुल स’ङ्क्रमितको ७४.९ प्रतिशत हो ।

सक्रिय स’ङ्क्रमित मध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लामा सर्वाधिक सङ्ख्या छ । हालसम्म कोरोना भाइरसबाट सङ्क्र’मितको सङ्ख्या चार लाख २२ हजार ४१६ पुगेको छ । सक्रिय कोभिड १९ स’ङ्क्रमितमध्ये एक लाख एक हजार ६३४ जना आइसोलेसनमा छन् । जसमध्ये एक हजार २४१ को आइसीयूमा उपचार भइरहेको छ । भेन्टिलेटरमा राखेर २८५ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यदि आकस्मिक रुपमा हेलिकप्टर चाहिएमा ठगिबाट बच्न एयरलाइन्सका यी नम्बरहरुमा सिधा सम्पर्क गर्नुहोस (फोन नम्बर सहित) आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ । यस्तै, उडानमा बिचौलिया मार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकोप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको क्यानले जनाएको छ ।

क्यानको निर्देशन बमोजिम हेलिकोप्टर कम्पनीले सरकारले तोकेको प्रतिघण्टाको भाडादरमा समेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड–१९ सङ्क्रमित यात्रु बोक्नु पर्दा भने त्यस यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीको स्वास्थ्य जोखिम बापत थप अतिरिक्त शुल्कसम्बन्धी हेलिकोप्टर कम्पनीले लिँदै आएको पाइएको विज्ञप्तिमा उल्लेख छ । निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा यस सम्बन्धमा कुनै किसिमको गुनासो भए प्राधिकरणको देहायका पदाधिकारीलाई सम्पर्क गर्नसमेत क्यानले सबैमा हार्दिक अनुरोध गरेको छ ।

सम्पर्क व्यक्ति ज्ञानेन्द्र भुल, उपप्रबन्धक, उडान अनुमति शाखा सम्पर्क नंः ९८५११३५०९१ । यसैबीच, हवाई सेवा सञ्चालकहरूको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले पनि छुट्टै विज्ञप्ति जारी गर्दै कोभिडका बिरामी उद्धारका नाममा बढी भाडा नलिन आफ्ना सबै सदस्य कम्पनीलाई अनुरोध गरेको छ ।अहिलेको परिस्थितिमा सदस्य वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व सम्झी कोभिड बिरामी उद्धार उडानमा खटिएको स्मरण गराउँदै सङ्घले नियामक क्यानको नीति नियममा रहेर उडान गरिरहेको स्पष्ट पारेको छ ।

सङ्घले तीन वर्षअघि क्यान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकोप्टरको युएस डलर १५०० प्रतिघण्टा एवम् रोविन्सन्स हेलिकोप्टरहरूको युएस डलर एक हजार प्रतिघण्टा दरभाउमा हाल पनि उडान गर्दै आइरहेको र हाल सो दरभन्दा पनि कममा उडान गरिरहेको सङ्घले जनाएको छ ।

कोभिड बिरामी उद्धार उडानमा मात्र संलग्न भएका कम्पनीका प्रतिनिधिहरूलाई सम्पर्क गर्नसमेत अनुरोध सङ्घले गरेको छ । यदि कहीँ कतै बढी रकम लिएको र गलत गरेको लागेमा यस सङ्घ र क्यानमा सिधै सम्पर्क गरी गुनासो एवं जानकारी गराई दिनसमेत सबैमा अनुरोध गरेको छ । कोभिड उद्धार उडान गर्ने कम्पनी एवम् आधिकारिक व्यक्तिहरूको सम्पर्क नंः १. अल्टिच्युड एयर प्रालि (९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००) २. हेली एभरेष्ट प्रालि (९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६)

३. कैलाश हेलिकोप्टर प्रालि (९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१) ४. मनाङ एयर प्रालि (९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६) ५. श्री एयरलाइन्स प्रालि (९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५) ६. सिम्रिक एयर प्रालि (९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०) गुनासो तथा अन्य जानकारीका लागि (सम्पर्क व्यक्ति) सङ्घका प्रवक्ता योगराज कँडेल शर्मा सम्पर्क नं ९८५१०२९३३३ तोकिएको पनि कम्पनीले जनाएको छ ।

यो पनि हेर्नुहोस्ः काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यक बाहेक कार्यालय बन्द ! काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ । काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ ।

“निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने÷गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ”, प्रशासनद्धारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।

यसैबीच उपत्यकामा आज राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आज राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले रातिदेखिनै लागू हुनेगरी थप दुई हप्ता उक्त आदेश जारी गरिएको हो । उपत्यकाको तीन जिल्ला ९काठमाठौँ, ललितपुर र भक्तपुर० का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दे आज राति १२ बजेसम्मका लागि समय थपिएको थियो । सङ्क्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको हो । उहाँका अनुसार यसपाली निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स ९खाद्य सामग्री मात्र विक्री गर्न० खुला हुने छ । मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा ९बढीमा २ जना० बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *