सुनको भाऊ आज दोश्रो दिन घट्यो ! प्रतिताेला कति पुग्यो हे’र्नुहोस्……

अर्थबजार जानकारी

आज दोश्रो दिन पनि सुनको मूल्यमा लगातार गि’रावट आएको छ । आज बैशाख ३० गते बिहीबारको दिन सुन तोलामा ४०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको छ । आजको दिनमा छापवाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन हिंजो पनि सुन प्रतितोला ३०० रुपैयाँले ओरालो लागेर ९२ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । यसैगरी आज बिहीबार चाँदीको भाउ पनि घटेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । महासंघको तथ्यांक अनुसार बुधबार चाँदीको भाउ स्थिर रही प्रति तोला एक हजार ३४५ रुपैयाँ कायम भएको थियो ।

यो पनि हे’र्नुहोस्ः कोरोना कोषमा दश लाख ! सिद्धार्थ बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा आज रु. १० लाख रकम सहयोग गरेको छ । बैंकका धनगढी शाखा प्रवन्धक नितेश श्रेष्ठले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

सातै प्रदेशलाई रु. १० लाखका दरले सहयोग गर्ने भनेर मङ्गलबार नै निर्णय भइसकेको शाखा प्रवन्धक श्रेष्ठले बताउनुभयो । अघिल्लो वर्ष पनि कोरोना म’हामा’रीमा बैंकले सात वटै प्रदेशलाई दश लाखको दरले कोरोना कोषमा सहयोग गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *