पछिल्लो २४ घण्टामा थप २१४ जनाको कोरोना सं’क्रमणबाट मृ’त्यु हुँदा यति थपिए नयाँ सं’क्रमित…..

जानकारी राष्ट्रिय

नेपालमा पछिल्लो २४ घण्टामा थप २१४ जनाको कोरोना सं’क्रमणबाट मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै मृ’तकको कुल संख्या ४४६६ जना पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोना भाइरस सं’क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमश ८९६० जनामा सं’क्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै देशभर कोरोना सं’क्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना सं’क्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय सं’क्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ ।

यो पनि हेर्नुहोस्ः कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने ! दक्षिण कोरियाले आफूलाई कोरोना स’ङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । उक्त किट मार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ ।

घरमै बसी आफ्नो स्वाब मार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ । यतिमात्र नभई यो किट अब हरेक २४ घण्टे पसलमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस–२५, सेभेन इलाभेन, इ–मार्ट लगायतका २४ घण्टे पसलबाट सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रुपैयाँ पर्छ ।

यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पिसिआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् । कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अवलम्बन गरेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *