नेपाल टेलिकमले ल्यायो लकडाउन अफर ! मात्र ३९ रुपैयाँमा अनलिमिटेड डाटा…..

अर्थबजार जानकारी राष्ट्रिय

काठमाडौं– कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले भोलीबाट एक महिने अफर दिएको छ । वैशाख ३१ देखि लागू हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिने जानकारी गराएको हो । टेलिकमले अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ ।

अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपियाँमा उपलब्ध गराउने भएको छ । उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यो अफर २४ घण्टासम्म चलाउन पाइने छ । दैनिक रुपमा एक पटक प्याक खरिद गरी बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म डाटा प्रयोग गर्न पाउने जनाएको छ । मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने समेत जनाएको छ ।

दुई सय देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ । उक्त डाटा २ दिनभित्र प्रयोग गर्न पर्ने समयसीमा तोकेको छ ।यसै गरी ५०० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइनेछ र उक्त डाटा ४ दिनभित्र प्रयोग गरी सक्नु पर्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।

यो पनि हेर्नुहोस्ः सडक सडकमा खाना खुवाउदै युटुबरहरु , अब हामि छिट्टै अक्सिजनको पनि व्यवस्था गर्ने छौ ! नेपालको यो बिकराल परिस्थितिलाई मध्ये नजर गर्दै नेपाल युट्युब पत्रकार संघले काठमान्डौमा निशुल्क खाना खुवाउने ब्यबस्था गरेका छन्। युटुबेहरुले के नै गर्छन भन्ने हरुको लागि यस यस कार्यक्रम बाट छर्लंग हुन्छ। पछिल्लो समय देशमा निषेधाज्ञा जारि भईरहदा दिनुक ज्याला मजदुरी गरेरे दैनिकी गुजारा गर्ने र बिपन्न बर्गको लागि लक्षित गर्दै निशुल्क खाना खुवाउनि आयोजना गरिएको छ।

यो अभियानामा देशै भरि सक्रिय रुपमा युट्युबमा पत्राकारिता गर्ने पत्रकारहरुको सहभागितामा उक्त्त अभियान संम्पन्न हुने पनि आयोजकले जानकारी दिएको छ। साथै सुरुकै दिनमा सबै भन्दा महत्तोपूर्ण सहयोग पुराउने नेपाली चेली जो हाल इज्राईल निवासी जेनी पाख्रिनले यो अभियानको लागी रु ५००० सहयोग गर्नु भएको छ। आफु बिदेशी भूमिमा भए पनि नेपालका दुखि गरिबहरुको बारेमा सोच्दै आएकी जेनी पाख्रिनले नेपालका धेरै त्यस्ता संघ सस्थालाई आर्थिक तथा खाद्ध्यान्न हरु उपलब्ध गराएर सहयोग गर्दै आउनु भएको छ।

साथै धेरै त्यस्ता बालबालिकाहरुलाई आफ्नै खर्चमा पढाईको पनि ब्यबस्था गर्दै आउनु भएको छ। पत्रकारहरुले आयोजना गरेको उक्क्त अभियानमा जेनी पाख्रिनको पनि उत्तिकै महत्तोपुर्ण योगदान रहेको उक्त्त सस्थाका अध्यक्ष प्रकाश चन्द्र दाहालले जानकारी दिनु भएको छ आज २०७८ -१-२८ बाट सुरुहुने यो निशुल्क खाना खुवाउने यो अभियान दिनको एक टाईमा बेलुका मात्रै यो अभियान चलाएका छन् ।

नेपालको यो बिकराल परिस्थितिमा युट्युब पत्रकारहरुको पनि समाज प्रतिको त्यतिकै उत्तरदाहित्तो हुन्छ भन्दै यो कार्यक्रमको आयोजना गरेको निशुल्क खाना झुवाउने अभियानको सुरुवात गरेको भएको हो । हामीले आफ्नो लागि धेरै गर्यौ तर यो समय भनेको आफ्नो लागि मात्रै भन्दा पनि जनताको लागि सोच्नु पर्छ यति बेला देशमा संकट पर्दा हामि पत्रकारको पनि उत्तिकै जिम्मेबारी हुन्छ भन्दै उक्त कार्यक्रममा बोल्दै सस्थाको उपाध्यक्ष समेत रहेका भोजराज थापाले बताउनु भएको छ ।

यो अभियानले भने आर्थिक सहयोग नलिने समेत जानकारी गराउनुको साथै देशलाई संकट पर्दा युट्युबमा सकृय रुपमा लागेका पत्रकारले पनि महत्तोपूर्ण भूमिका खेल्छ भन्ने उद्देश्यका साथ यो अभियानको सुरुवात गरेको अभियानका संयोजकले जानकारी दिनु भएको छ साथै यो अभियानलाई काठमान्डौ महानगरपालिका १६ का वडा अध्यक्ष मुकुन्द रिजालले पनि आफ्नो साथ सहयोग रहने समेत बताए र यो अभियानलाई अर्को महत्तोपूर्ण सहयोग राधानी पार्टी प्यालेस जसले यो अभियानलाई खाना बनाउने स्थान र आबश्य सामग्री निसुल्क रुपमा उपलब्ध गराउनु आयोजकले भएको बताएका छन् यसरीनै आगामी दिनमा पनि देश र जनताको लागि यसरि नै योगदान दिन तयार रहेको जानकारी समेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *