बुबा गुमाएको भोलिपल्टै आदर्शको भावुक भिडियो – ‘मेरो बुवाले चलाएको स्कुल हेर, अनि तिम्ले चलाएको देश, लाज लाग्दैन !’ हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

चर्चित स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राको निक्कै भावुक भिडियो यति बेला सामाजिक संजालमा भाइरल भैरहेको छ । उपचार अभावमा आफ्नो बुबाको मृ’त्यु भएपछि उनले भावुक हुदै एक भिडियो सार्बजनिक गरेका छन । बुबाको मृगौला ख’राब भएको कारण उनले डा’इलासिस गर्दै आएका थिए । तर स्वास्थ्य प्रणालीमा भएको स’मस्याका कारण कोरोना महामारीको बीच समय मै डाइलासिस हुन सकेन ।

समय मै डाइलासिस हुन नपाएपछी आदर्श ले आफ्नो बुबालाई गुमाउनु पर्यो । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) ले गुणस्तरीय डायलासिस सुविधा नदिँदा धेरै बिरामीले अकालमै ज्यान गुमाउनु परेको आदर्शको आ’रोप छ । आफ्नो बुवा विनोद मिश्रा इमानदार र मेहनती व्यक्तिका भएको आदर्श बताउछन ।

अस्वस्थ हुँदाहुँदै पनि बुबाले आफू प्रिन्सिपलको रुपमा रहेको विद्यालयको मुहार नै फेरिदिएको बताए । स्वास्थ्य प्रणाली खराब भएकै कारण आफ्नो बुबाको मृत्यु भएको ठहर गर्दै सरकार प्रति पनि आदर्शको आक्रोस छ । उनले देशको प्रधानमन्त्री प्रति पनि दुखेसो पोखेका छन । आदर्श भन्छन – ‘‘डायलाइसिसका लागि स्कुटरको पछाडि बसेर हप्ताको दुईपटक मेरो बुबा अस्पताल गएका हुन्, केपी ओली होइन ।

मेरो बाउले चलाको स्कुल हेर र तिम्ले चलाको देश हेर । अनि ला’ज लाग्दै भने मलाई भन । काम गर्न दिएनन् भन्छौ ? काम गर्न मन कहाँ छ तिम्लाई ? लाज लाग्दैन ?’ पछिल्लो राजनीतिक घ’टनाक्रम हेरेर अनि आदर्शको आ’क्रोस सरकार प्रति रहेको थियो । बुबा गुमाउदाको दुखमा पनि मुस्कुराउदै आदर्शले आफ्नो पिडा यसरी बताउछन :

Leave a Reply

Your email address will not be published. Required fields are marked *